
छन्द भन्नाले अवस्था अनुसार धेरै अर्थ बुझाउँछ । नेपाली शब्दकोशमा हेर्यो भने छन्दका धेरै अर्थ छन् । तर साहित्यमा भने छन्द भन्दासाथ यति, गति, लय र मात्राको गणनाअनुसारको पद्यात्मक रचनालाई छन्द भनेर बुझिन्छ, हामी । अर्को शब्दमा छन्दलाई बन्धनपूर्ण रचना पनि भन्ने गरिन्छ । जे होस्, साहित्यमा लोक छन्द, मुक्त छन्द, वार्णिक छन्द र वर्णमात्रिक छन्द गरी चार प्रकारका छन्दको प्रयोग भएको पाइन्छ । यहाँ छन्दको सबै भन्दा माथिल्लो तह वर्णमात्रिक छन्दको बारेमा जानकारी गराउन खोजिएको छ ।
छन्दको आविष्कार कर्ता ऋषि पिङ्गल हुन् । पिङ्गल ऋषिले छन्दको आविष्कार गरेकाले छन्दलाई पिङ्गल पनि भन्ने गरेको सुनिन्छ । छन्दको सर्व प्रथम प्रयोग प्राचीन ग्रन्थ ऋग्वेदमा गरिएको छ । ऋग्वेद पछिका हाम्रा सबै पौराणिक ग्रन्थहरू छन्दमा नै लेखिएका छन् । प्राचीन कालमा ज्ञान विज्ञानका सबै कुराहरू छन्दमा नै लेखिन्छ । आज गद्यमा भाषा र साहित्यको जुन स्थान रहेको छ । कुनै समयमा यो स्थान पद्य साहित्यले लिएको थियो ।
वर्णको सामान्य परिचय
छन्दको अङ्ग भनेकै मात्रा तथा वर्ण हुन् । वर्णको जानकारीबिना छन्द साहित्य जन्मिन सक्दैन । स्वर र व्यञ्जन गरी वर्ण दुई प्रकारका हुन्छन् । छन्दमा ह्रस्व वर्णलाई ‘लगु’ र दीर्घ वर्णलाई ‘गुरु’ भनिन्छ । छन्दमा लगु वर्णलाई चिनाउन सङ्केतको रूपमा (क्ष्) र गुरु वर्णलाई चिनाउने सङ्केतको रूपमा (क) को प्रयोग गरिन्छ । ह्रस्व र दीर्घ वर्णलाई यसरी चिन्न सक्छौँ हामी ।
१. अ, इ, उ, ऋ स्वर वर्ण हुन् र यी स्वर वर्णसँग जोडिएर आउने व्यञ्जन वर्ण जस्तै : क, कि, कु,कृ आदि व्यञ्जन वर्ण ह्रस्वभित्र पर्दछन् ।
२. आ, ई, ऊ, ए, ऐ, ओ, औ, अं, अ: र यी वर्णसँग जोडिएका व्यञ्जन वर्ण जस्तै : का, की, कू, के, कै, को, कौ, कं, कः आदि दीर्घभित्र पर्दछन् ।
३. क्ष, त्र, ज्ञ वर्णको अगाडिको वर्ण दीर्घमा गनिन्छ । जस्तै : पक्ष, कक्षा, विज्ञान, पत्र वणर्का प, क, वि, प ह्रस्व भए पनि दीर्घ मानिन्छ ।
४. संयुक्त व्यञ्जनमा प्रयोग भएका वर्णहरू अथवा कुनै ह्रस्व वर्णको पछाडिको आधा वर्ण छ र त्यसलाई उच्चारण गर्दा अगाडिको ह्रस्व वर्णले तान्यो भने ह्रस्व भए पनि दीर्घमा गनिन्छ । जस्तै : किन्छ , दिन्छ, मन्द, बन्द, सम्बन्ध आदि ।
५. संयुक्त व्यञ्जनको प्रयोग भएका वर्णहरूमा अथवा कुनै ह्रस्व वर्णको पछाडि आधा वर्ण छ र त्यस वर्णलाई उच्चारण गर्दा अगाडिको ह्रस्व वर्णले तानेन भने ह्रस्व वर्णमा नै गनिन्छ । जस्तै : भन्यो, सुन्यो, उज्यालो, अँध्यारो आदि । हेक्का रहोस् यो प्रायः य व्यञ्जन वर्णसँग जोडिएका संयुक्त वर्णमा देखिन्छ ।
६. संयुक्त वर्णमा यदि पछाडिको वर्णको खुट्टा काटिएको छ भने त्यो भन्दा अगाडिको वर्ण दीर्घ लेखिन्छ । जस्तै: समग्र, उग्र, छन् आदि ।
७. रेफ चिन्ह प्रयोग भएको वर्णको अगाडिको वर्ण दीर्घ लेखिन्छ । जस्तै सर्ग, वर्ग,वर्ण कर्म, धर्म,पर्म आदि ।
गणको सामान्य परिचय
वर्णमात्रिक छन्दमा कविता लेख्दा गणको आवश्यकता पर्दछ । छन्दमा आठ ओटा गणहरू रहेका छन् । तिनै गणहरूको प्रयोग गरेर छन्दको निर्माण हुन्छ । ऋषि पिङ्गलले गणहरूको निर्माण गर्नको लागि एउटा सूत्रको निर्माण गरेका थिए । जुन यस प्रकारको रहेको छ ।
यमताराजभानसलगा
उक्त सूत्रबाट तीन तीन ओटा अक्षरमा छुट्याउँदै जाँदा र एक एक अक्षरमा निकाल्दै जाँदा एक एक गणको निर्माण हुन्छ । यसलाई तलको तालिकामा छुट्याएर यसरी देखाउन सकिन्छ ।
सूत्र | सङ्केत | गण | उदाहरण |
यमाता | ISS | यगण | बिहानी |
मातारा | SSS | मगण | नेपाली |
ताराज | SSI | तगण |
आकाश |
राजभा | SIS | रगण | भावना |
जभान | ISI | जगण | बसेर |
भानस | SII | भगण | आँगन |
नसल | III | नगण | कमल |
सलगा | IIS | सगण | वनमा |
ल | I | न | |
गु | S | के |
यिनै गणहरूको प्रयोग गरेर हामी वर्णमात्रिक छन्दमा काव्यको रचना गर्न सक्छाैँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

