मूल कवि: कमला दास
मूल कविता: The Old Playhouse.
अनुवादः विपिन तिवारी

उनलाई
अङ्कित अङ्कमालमा
बाँध्नुको निमित्त
तिमीले सुलुक्क निल्ने
प्रयोजन बनायौ

तिम्रो
प्रेमको प्रचण्ड गर्मीमा
उनले हराइन् आफूलाई

सुख्खा मौसमको
एक्लोपन मात्र होइन
आफ्नो मैतालु पनि
पछि छोडि्न
उनले

उनको स्वभाव
आकाशमा फिँजिएको गन्तव्य
उड्डयन क्षमताहरू
साथै ज्ञान भेला गर्ने होइन
तर
पर-पुरुष माध्यम
तिम्रो समीप आएर
म को थिएँ ?
के थिएँ ?
केही सिक्ने
बुझ्ने
अघि बढ्ने
सबै-सबै
जे शिक्षा
तिम्रोबाट पाए
सबै तिम्रै थिए

मक्ख थियौ
मप्रति
मेरो शारीरिक मौसम
र आभूषणमा

मलाई
निल्ने क्रममा

आक्षेप तिमीले
मेरो मुखमा
थुकिलो चुम्बन पस्किँदा
मलाई पल-पल
आलिङ्गन घेरामा
फेरा हालेर
साक्षी साँचिराख्यौ

तिम्रा
तीता-मीठा रस
र मेरा
शारीरिक गुप्ताङ्ग
ठेस-मठेस खेलिरहे
खेलिरहे आक्षेपमा

त्यसैले मलाई
तिम्रो अर्धाङ्गिनीको
उपमा दियौ

तिम्रो
तातो स्वादिष्ट चियामा
गुड हाल्ने
तालिम मलाई
सित्तैमा दियौ

भयभीत आग्लोमा बसेर
सही समयमा
खुराकिलो सम्पोषण
नियमित दिनुपर्ने
पस्कनु पर्ने
मेरो दैनिकी क्रम

तिम्रो
दानवरूपी जलनमा
मैले जादुवी
हावा मिठाई
धेरै पटक खाएको छु
अनि म
नतमस्तक
खिइँदै तुइँदै गएकी छु

मेरो शक्ति र खाँटी कारण
दुईवटा गुमाएँ
तिम्रो खातिर

अनि
उत्तरविहीन प्रश्न चिह्न छोडेको छु
मेरो फोस्रो
लालिमा र आभामा

यो गर्मी
मेरो लागि
अभिशाप छ

कारण
यसले मलाई पोल्छ
अतित पिरोल्छ

म सम्झिन्छु
हरिया पातहरूबाट
सि् रि् रि् झरेको
चिसो हावा
न्यानो धुवाँ उडेको

तिम्रो कोठामा
मानव यन्त्र
बिजुली मात्र छ
अनि
झ्याल ढोका बन्द

हावा यन्त्रको
शीतलता पनि
निम्न मन्द छ

लोग्नेपनको दुर्गन्धित स्वासले
थुना हालेको छ

फूलदानीका ससाना फूलहरू
अचेल निर्गन्ध मान्छेको पसिना गनाउँछ

अनि
अब मेरो नयाँ नौलो
नाचगान छैनन्

मभित्र छन् त
मेरा सबै
पुराना मगजहरू

मेरा पुरानो प्रेक्षागृहको
बत्ती निभिसकेको छ
अनि
कर्कश मान्छेको
नटखट प्रविधि मात्र छ

सबै उही उस्तै छ
उसको प्रेम
सुता र थोपामा
स्वामित्व सिन्धुको
बिन्दुमा मात्र
सीमित छ

त्यही एउटा अँध्यारो
एकान्त अनुहारले मात्र खोज्छ
स्वतन्त्रता ऐनामा छायासरह छ
जसले
छेक्छ मलाई
एउटा दयालु रातमा

मेरो
सिँचित आँखाको
नौनी पानीले
बस् पोख्छ मलाई ।

सिक्किम, भारत