क्यानडाको टोरन्टोको सबैभन्दा व्यस्ततम सडक ह्याङ्गरम्यान स्ट्रिटमा सन् २०१६ मा किताबको एउटा इन्स्टलेसन आर्ट प्रदर्शन गरिएको थियो । सो प्रदर्शनीमा हजारौँको संख्यामा पुस्तकहरू सडकमा प्रदर्शनीमा राखिएका थिए । १२ दिनको व्यापक तयारीपछि यो सडक सर्वसाधारणका लागि खुला गरिएको थियो । प्रदर्शनी जम्मा १० घण्टाका लागि सीमित गरिएको थियो । निद्रारहित रात शीर्षकको यो इन्स्टलेसन आर्टमा हजारौँको संख्यामा पुस्तकहरू छरिएका थिए । प्रदर्शनीमा आएका हरेकले आफूलाई चाहिएजति चाहिएकोजस्तो किताब लैजान सक्थे ।

पुस्तकलाई सेल्भेसन आर्मी नामक समूहले दान दिएका थिए भने पुस्तकलाई फिँजाउन ५० जना स्वयंसेवकले समय दिएका थिए ।

यसरी त्यो दिन त्यो सडक ८ घण्टाका लागि प्रदूषणरहित, गतिरहित, सुनसान, शान्त बन्न पुग्यो । कतिपय किताबमुनि बिजुलीको बल्ब राखिएका थिए ताकि किताबको उज्यालोको छनक दिन सकियोस् ।

प्रदर्शनी भलै १० घण्टाका लागि रहेको होस्, तर यत्तिका दिन बित्दा पनि टोरन्टोवालाहरूले अझैसम्म किताबको त्यो प्रदर्शनी सम्झिरहन्छन् ।