“कहाँ जान लागेकी तिमी हँ ? ”

“मलाई जान देऊ लेगी, आज लङ्गानका बारेमा तिमीले जे बोल्यौ त्यसपछि तिमीसित कहिल्यै नबोल्ने निधो गरेकी थिए मैले र बोल्ने पनि छैन । खालि काकाले मलाई तिमीलाई वास्तै नगर्नू भनेर कसम खुवाउनुभएको छ, किनभने तिमी भैगो छाडिदिउँ तर विषयमा तिम्रो मुखबाट थप कुरा सुन्न चाहन्न म ।”

“नजाऊ, म कसम खाएर भन्छु, उनको नाम म फेरि लिने छैन । मैले जे बोले, त्यसका लागि क क्षमाप्रार्थी छु । अब तिमीले गुनासो गर्नुपर्ने अवस्था आउने छैन, माफ गर्छ्यौ नि तिमी मलाई ?”

उनी थचक्क बसिन् मेरो आत्मनिवेदन वा नम्रताबाट उनी प्रस्टै गलेको देखिन्थ्यो । कुर्सी लगेर उनको नजिकै बसे म । पूरै बेचैन भएर उनी भुइँमा खुट्टाले हिर्काउँदै थिइन् । उनीतिर हेर्न बोल्न कुनै गतिविधि मैले गर्न सकिन, जसले उनलाई रिस उठाओस् ।

“तिमी भन्दै थियौ कि तिम्रा काका तिमी मलाई वास्ता नगरोस् भन्ठान्छन् भनेर । उनले ओठ बन्द गरिन् केही जबाफ दिइनन् । मलाई के डर छ भने मैले आफ्नो जिज्ञासाद्वारा तिम्रो भावनामा ठेस पुर्याएको छु । तर साच्चै भन्ने हो भने तिम्रा काकाले त्यसको कारण उल्लेख गर्न तिमीलाई निषेध गरेका छन् भन्ने कुरा मलाई थाहा भएन ।”

“उहाँले मलाई निषेध गर्नुभएको छैन किनकि तिमी आफै पत्ता लगाउन दृढ छौँ ।”

“होइन माफ गर मलाई, मलाई जान्नु पनि पर्या छैन, प्रश्न सोधेकोमा म दुःखी छु ।”

“साँच्चै मैले थप केही भने भने “तिमी अझै दुःखी हुने छौ । तिम्रै बारेमा सोचविचार गरेर नै मैले यो कुरो गोप्य राखेकी थिए । उसो भए तिम्रा काका कन्डापछाडि नाडी निमोठ्दा रहेछन् हैन ? यो कुरा तिमीबाहेक अरू कसैले भनेको भए म विश्वास गर्ने थिइन ।”

“मेरो काका कुरौटे हुनुहुन्छ भनेर मैले कहिल्यै भनिन, मैले त खालि उहाँ तिम्राबारेमा के सोच्नुहुन्छ भनेर मात्रै देखाउन खोजेकी । तिमीले जान्न चाहे पनि नचाहे पनि म तिमीलाई भनिछाड्छु । उहाँले मलाई तिम्रो कुरामा चित्त नदुखाउनु भन्नुभएको थियो । किनभने तिमी एउटा दिमाग खुस्केको मान्छे रहेछौ । परिवारले तिमीलाई बदमासी गर्न नपाओस् भनेरै यता पठाएका रहेछन्, बल्ल थाहा पाए मैले ।”

“ओहो हिक्की ! उसो भए तिमीले मेरो जम्मै कुरा थाहा पायौ हैन ? त्यही भएर जिबै थुतेर राखौँ जस्तो लाग्छ मलाई । कहिलेकाही सोच्छु, पापकर्म नगरौँ तिमीभित्र एउटा खराब देवदूतले पो वास गरेको छ कि क्या हो ?”

“तिमीले यति भनेकोमा म खुसी नै छु, ” मैले नरम स्वरमा भने- “आफूले आफैलाई नधिक्कार, त्यो काम गरेकामा बिन्ती छ मेरो परिवारका बारेमा तिम्रो काकाले जे जति सुन्नुभएको छ उहाँ दिग्भ्रमित हुनुभएको छ, जो धेरथोर बौलाएकै छन् । बौलाहा हुनबाट जोगिएको, अनि तीन वटा अधिराज्यमै मात्रै एउटा त्यस्तो व्यक्ति हुँला जो समझदार र बुद्धिमान छ । म प्रमाणित गरेर देखाइदिने छु । अनि उही समयमा मैले भन्न नहुने कुरो भनेर तिम्रो अनुहारको अविवेकपूर्ण व्यवहार कायम राखिदिने छु । ल मेरो कुरा सुन, म अवैध वा कहिलेकाही मात्रै झुल्किने पर्यटक होइन । म यहाँ चमत्कारको अनुसन्धान गर्न आएको मान्छे हुँ । कार्डिनल चलाख तर अलि सनकी खालको मान्छेले थुप्रै दिग्गज व्यक्तिहरूको माझबाट मलाई आफ्नो इच्छाअनुसार छानेर फादर हिक्कीको कहानीको सत्यता पत्ता लगाउन यहाँ पठाएका हुन् । यस्तो गम्भीर कामका लागि उनले मलाई त्यसै विश्वास गरे होलान् त ? तिमीलाई त्यस्तो लाग्छ ? मेरा काकाको भनाइमा रहेको सत्यता उपर कसले शङ्का गर्ने आँट गर्छ ? त्यसैले तिमी एउटा जासुस र गलत सूचना दिने मान्छे हौ ।

मैले सुरु गरे । तिनले प्रयोग गरेको विशेषण मैले त्यो आयरल्यान्डमा घृणा व्यक्त गर्न प्रयोग गरिने सामान्य अभिव्क्ति होला त्यसले एउटा अङ्ग्रेजलाई विद्रोह गर्न बाध्य पार्यो । मैले भने, “तिमीले भनेको जस्तै मभित्र खराब देवदूतले बास गरेको छ, मेरो देवदूतलाई आघात नपुर्याऊ, जो विशिष्ट खालको व्यक्ति हो मेरो हृदयबाट धेरै टाढा रहेको यस्तो नहोस् कि यसका अन्य शक्तिशाली व्यक्तिहरू नछुटुन् । ध्यान दिएर सुन, प्रार्थना गृहमा अवतार पूजाको सूचना दुने घन्टी बज्दै छ । रातको अन्धकारलाई समेत चिर्ने यस्तो आवाजसित के तिमी आफ्नो प्रशंसा गर्ने व्यक्तिविरुद्ध मनमा घृणा वा ईर्ष्याको भावना पालिराख्न सक्छ्यौ ?

“तिमी म र मेरो प्रार्थनाका बिचमा आएका छौ ?” उनले उत्तेजित हुँदै भनिन् अनि सुँकसुँक गर्न थालिन् । उनले बडो मुस्किलले सुँकसुँक गरेका हुनाले मैले आवाज सुनिन । त्यसपछि लङ्गान र पादरीभित्र पसे ।

लङ्गानतर्फ दौडिँदै उनले भनिन्,”ओ फिल मलाई यो मान्छेबाट टाढै लैजाऊ अब म सहन सक्दिन ।” म लङ्गानतर्फ फर्के अनि कृत्रिम हाँसो हाँस्ने क्रममा उनलाई मेरा कुकुरका जस्ता दाँत ङिच्च देखिए । लेकपिपल ढाले जस्तो गरी उसले मलाई एकै मुड्कीमा भक्लक्कै लडायो ।

“मार्यो मार्यो के गरेको तिमीले फिल यो ?” पादरी जोडले चिच्याए । “ऊ पोलाहा (जाहेरवाला) हो ।” केटले सुँकसुँक गर्दै भनिन् ऊ यहाँ तिम्रो काकाको जासुसी गर्न र त्यो अभिमन्त्रित चमत्कार खालि एउटा नौटङ्की मात्रै हो भनेर देखाउन आएको रहेछ । उसले मलाई भन्नुभन्दा अघि नै उसका अपमानजनक व्यवहारबाटै मैले थाहा पाइसकेको थिए । मसित प्रेम गर्न चाहन्थ्यो ऊ । टेबुलमुनिबाट म मुस्किलले उठेँ जहाँ म केही बेर चलमल नगरी पल्टेको थिए ।”

“सर” मैले भने, “लङ्गानको हालैको क्रियाकलापले म केही हदसम्म चकित भएको छु । अर्को चोटि उनी फुलिङ मिलमा परिणत हुने छन् । त्यसका लागि उनले मभन्दा बढी शक्तिशाली मान्छेसित मूल्य चुकाउनु पर्ने छ । तपाईकी भतिजीले जे भनिन् आंशिक रूपमा त्यो सत्य छ, वास्तवमा म कार्डिनलको जासुस हुँ, मैले पहिल्यै उनलाई रिपोर्ट पठाइसकेको छु कि चमत्कार सक्कली छ । मेरो सल्लाहमा भद्रभलाद्मीहरूको कमिटीले त्यसलाई पुष्टि गर्न भोलि तपाईको प्रतिक्षा गर्ने छन् । मलाई लाग्छ, यदि तिमीलाई आश्चर्यसँग प्रभावित हुनु छ भने त्यो प्रमाणलाई पूर्ण मान्ने छन् उनीहरूले । कुमारी हिक्की तिमीमा जे जित प्रशंसालायक चिज छन् त्यसैको प्रशंसा गर्छु तर म के भन्छु भने म पनि सुन्दरताको पारखी हुँ । म तिमीलाई प्रेम गर्छु भन्दा सायद अधर्म होला । लङ्गान, मेरो गोजीमा गोली भरिएको पेस्तोल छ जुन म तिम्रो देशको नागरिकका विरुद्ध बेकुफ अङ्ग्रेजी पूर्वाग्रही भावना राखेर बोकी हिड्छु । यदि म हुर्क्युलिस भइदिएको भए र तिमी मेरो ठाउँमा भएको भए यति बेलासम्म त म मरिसक्थे होला । मलाई लज्जित नतुल्याऊ, जहाँसम्म मेरो सरोकारको विषय छ तिमी सुरक्षित छौ ।

तिमीले आफ्नो हितको लागि मेरो घर छाडेर हिड्नुअघि केही कुरा भन्न देऊ । फादर हिक्की जो अलि बढी नै रसाएका थिए उनले भने, “यदि तिमी जासुस हौ भन्ने थाहा पाएको भए, तिमीलाई म मेरो घरको ढोकाको सँघार नाघ्नै दिने थिइन चाहे तिम्रा काका पोप नै किन नहोउन् ।”

यहाँनिर आएर ममा अलि डरलाग्दो घटना घट्यो । रिँगटा लाग्ला जस्तो भो मलाई अनि टाउकामा हात राखे । चिटचिट पसिना आउन थाल्यो । हातमा तात्तातो तीन थोपा पसिना तपतप चुहियो । तत्कालै म अलि हिंस्रक बन्न पुगे । मेरो मुख रगतले टम्म भरियो मेरा आँखाहरू यसले गर्दा अन्धो बन्न पुगे । यसैमा डुब्न लागेको महसुस भो मलाई मेरो हात नचाहदा नचाहदै पेस्तोलमा पुग्यो । संवेगले अह्राएको काम तुरुन्तै फत्ते गरिहाल्ने मेरो बानी छ । सोभाग्यवश त्यो मार्ने आवेग कसरी मूर्ख मानिसहरूको चामत्कारिक ढङगबाट सेखी झार्न सकिन्छ भन्ने कुरो आकस्मिक रूपमा अनुभूत हुनुपूर्व नै कता गायब भो कता । ती मूर्ख मानिसहरू मैमाथि खनिएका थिए । मेरो कानबाट रगत फेरि उँभै फर्क्यो । फेरि मैले प्रस्ट सुने र देखे ।

लङ्गान भन्दै थिए, “मलाई भन्न देऊ, यदि मुड्की चलाउनुभन्दा गोली चलाउनु नै तिमीलाई सजिलो लाग्छ भने आदानप्रदानका लागि म पनि तयार छु, स्वागत छ, जतिखेर मन लाग्छ त्यतिखेरै गोली आदानप्रदान गरौँ फादर टमको इज्जत मेरो लागि मेरो इज्जतजत्तिकै समान छ । त्यसका विरुद्धमा बोल्यौ भने तिमीले झुटो बोलेको ठहरिनेछ ।

उनको इज्जत मेरो हातमा छ । म कार्डिनलको साक्षी हुँ । तिमी मेरो अवज्ञा गर्छौ ?

मेरो सामु उभिएर पादरीले भने, “ल ढोका खुला छ, ईश्वरको हातबाट भएको देख्न सकिने काम तिमीले उल्ट्याउन नसकेसम्म तिम्रो लिखित वा मौखिक बकपत्रले केही लछार्दैन, बुझ्यौ ?”

मैले भने फादर हिक्की फोर माइल वाटरमा सूर्योदय हुनुअघि ईश्वरको हातबाट प्रत्यक्ष देख्न सकिने काम म उल्ट्याइदिने छु र तिरस्कार गर्नेको चोरऔला बलिवेदीमा ल्याइदिने छु ।

केटसामु शिर निहुर्याउँदै म बाहिर निस्के । यति अध्यारो थियो कि सुरुमा त मैले बगैँचाको मूल गेट नै देख्न सकिन । गेट फेला पार्नुअघि ढोकाबाट फादर हिक्की बोलेको आवाज सुनेँ । उनी भन्दै थिए “फिल मलाई त लाग्दैन कि वास्तवमा यो घटना घटेको हो । ऊ दौडिरहेको खरायोजत्तिकै पागल छ रे कार्डिनलले भनेको ।”

म आफ्नै लजमा फर्के र घाटी र काधँमा लतपतिएको रगत पखाल्न चिसो पानीमा नुहाए । मुड्कीको चोटको असर यति जोडको थियो कि नुहाएर हल्का खाना खाँदा पनि मलाई रिँगटा लागिराखेकै थियो । एकदम सिथिल भएको थिए म । अगेँनामाथि तख्तामा एउटा अर्लाम घडी थियो, त्यसलाई दम दिए, साँडे बाह्रबजेको घन्टी लगाए । सँगैको कोठाका मान्छेलाई बाधा नपुगोस् भनेर सानो स्वरमा बज्ने गरी घन्टी सेट गरे सवा एक घन्टाजति मज्जाले निदाए । त्यसपछि घन्टीले मलाई बिउँझायो, अनि राम्ररी नबिउँझीकनै जुरुक्क उठेँ, यदी खल्छी गरेर नउठेको भए मलाई फेरी निद्राले झ्याप्पै छोप्ने थियो, यधपि मेरो घाटीका मांसपेशीहरू दुखेर अररो भएका थिए । निद्रा बिथोलिएकाले हातहरू थरथर काँपिराखेका थिए ।

अविचलित भई लुगा लगाए, चिसो पानी पिए अनि घरबाट लुसुक्क बाहिर निक्ले । चुक घोप्ट्याए जस्तो अध्यारो थियो तैपनि बडो मुस्किलले गाईगोठ फेला पारे, जहाँबाट मैले गाडा कोदालो सापटी मागे । गाडा सामान्यतयाः आलुको बोरा ओसारपोसार गर्न प्रयोग गरिन्थ्यो । घरका मान्छे कराएको आवाज सुन्न नसकिने ठाउँमा नपुगुन्जेल ती सामान हातमा बोकिहिडे । त्यहाँ पुगेपछि गाडामा कोदाली राखे र कब्रिस्तानसम्म गुडाउँदै लगे । पानी भए ठाउँ पुगेपछि त्यति बेला कोही आउने आँट गर्दैन भन्ने जानेरै पाङ्ग्राको खटखट आवाजको वास्तै नगरी हतार हतार हिडेँ । खोलाको पारिपट्टि किनारमा हेर्दा मैले धिपधिपे उज्यालो देखेँ, त्यो धिपधिपे उज्यालोले ब्रिमस्टोन विल्लीको एक्लो चिहानको सङ्केत गर्थ्यो । त्यही धिपधिपे उज्यालोको सहायताले मैले डुङ्गा राखेको ठाउँ पत्ता लगाए । एकछिन लड्दैपड्दै गर्दा र यताउता भौँतारिँदै गर्दा एउटा डुङ्गा फेला पर्यो त्यसमै सबै सामान राखे । डोरीको सहायताले सजिलैसित खोला तरियो । खोला तरेपछि डुङ्गा बाधे अनि गाडालाई किनारसम्म ताने । चिहानको स्मारकमाथि थ्याच्च बसे । लगभग पैतालिस मिनेटजति थकाइ मारे । त्यसपछि टाढा रहेको प्रार्थनागृहको घन्टीले एक बजायो । म उठेँ, कोदालो हातमा लिए । लगभग दश मिनेटभित्रमै कफीनको बिर्को उघारे, नराम्रो गन्ध आयो, त्यसलाई हावा बहने दिशापट्टि राखेर कोदालीलाई उत्तोलकका रूपमा प्रयोग गर्दै बडो मुस्किलले त्यसलाई गाडामा राख्ने प्रबन्ध मिलाए । कुनै दुर्घटना नगराई अवतरण स्थलसम्म पुर्याए, जहाँ गाडाका खाँवाहरू डुङ्गाको पछिल्लो भागमा राख्दै अनि निकै बल लगाएर खुट्टा उचाल्दै बीस मिनेटजतिको कठिन परिश्रमपछि भारी लाद्न म सफल भए । त्यति गरिसक्दा मेरो जिउभरि माटो लागिसकेको थियो भने खलखली पसिना पनि आइसकेको थियो । डुङ्गा पनि धेरै चोटि ओल्टिने र पल्टिने भो । खोलाको दक्षिणी किनारमा गाडा र कफीन तार्न र चिहानपारिसम्म तानेर लैजान त्यति गाह्रो परेन । त्यति गरिसक्दा रातको दुई बजिसकेको थियो । झिसमिसे उज्यालो हुन लागिसकेको थियो । त्यसैले कामचलाउ उज्यालो भैसकेको थियो मेरो लागि । दोमटे माटो भएको सुर्कातिर कफीन गुडाउँदै लगे, जुन मैले दिउँसोतिर धर्मात्मा दिदीबहिनीहरूको चिहाननजिक देखेको थिए । कामप्रति आकर्षित भैसकेको थिए म, दुख्न पनि छोडिसकेको थियो । भकाभक खन्न थाले । छिट्टै अलि कम गहिरो खाल्डो तयार भो । माटो थुपार्दा कफीन गाड्न पुग्ने थियो त्यो खाल्डो । त्यतिन्जेलसम्म चिसो बिहानीले अँध्यारो हटाइसकेको थियो । आफ्नो वरिपरि कैयौँ माइलसम्म देख्न सकिन्थ्यो भने अरूले पनि आफूलाई देख्न सक्थ्यो । त्यस्तो अवस्थाले गर्दा म आत्तिए । कति खेर काम सकेर हिँड्नु जस्तो भो मलाई, तर जे होस् खाल्डोमा कफीन राख्नुअघि अलि बेर मात्रै भए पनि थकाइ नमारी सुखै पाइन मैले । निधार नाडी पुछे, अनि फेरि वरिपरि नियाले, महिलाहरूको चिहानमाथि राखिएको ठुलो स्ल्याबलाई चारवटा ढुङ्गाले थेगिराखेको थियो । जुन शितले गर्दा भिजेको र खैरो देखिन्थ्यो । चिहाननजिकै पत्रे चट्टानले छोपेको एउटा काँडाको झ्याङ थियो, जुन खोलाको किनारबाट पूर्वतर्फ झ्याँगिदै गएको देखिन्थ्यो, मलाई काम सक्न हतारो परेको थियो । गाडा समाते, चिहानको छेउमै ल्याएर राखे अनि शयनकक्षमा सुतेको जँड्याहा कराएको जस्तै आवाज निकालेर खाल्डोमा गुड्न नछोडुन्जेलसम्म कोदालीले बिस्तारै कफीनलाई धकेलेँ । जतिसक्दो छिटो त्यसको टुप्पामा र वरिपरि साबेलले माटो थुपारे । पुर्नलाई एक घन्टा पनि लागेन र लगभग पैँतालिस मिनेटमै पुर्ने काम सकियो । ढिस्कोलाई सन्तुलित बनाउन र सँगैको चउरमा मेरो कामको सङ्केत चिह्न हटाउन दश मिनेट नै पर्याप्त भो । त्यसपछि कोदाली फाले, पाखुरा तन्काए अनि सन्तोष र विजयको लामो सास फेरेँ । तर आफू झारले छोपेको बाँझो जमिनमा उभिराखेको रहेछु भन्ने थाहा पाएपछि म एक्कासि डरले खुम्चे, गाडा, कोदाली र ब्रिस्टोनको चिहाननजिक मेरो अन्य कुनै हस्तकौशलका सामान थिएन, पहिलेजस्तै एक्लो थिए म ।

म खोलातिरै फर्के । खोलाको पल्लो किनारमा कब्रिस्तान थियो जहाँ महिलाहरूको चिहान बिहानी चिसो हावामा हल्लिरहेको काँडाको झ्याङ देखिन्थ्यो अनि ढुङ्गामाटाको भत्केको पर्खाल पनि । नष्ट भएको प्रार्थनागृह पनि त्यहीँ थियो । भत्किन लागेको पर्खालबाट एउटा पनि ढुङ्गो यताउता सरेको थिएन । प्रार्थनागृहको परिसर वरिपरि देखिने अनादि कालदेखि उभिएको पहाडभन्दा कम जरो गाडेको सङ्केत पाइदैनथ्यो ।

मनमा पीडा बोकेर मैले बडो सहानुभूतिपूर्वक अभागी ओल्फ टोन फिट्जेराल्डको चिहानतिर नजर दौडाए जोसित भाग्यमानीहरू विश्राम लिदैनन् । त्यति छिटो काम सम्पन्न भएकोमा म आफै छक्क परेको थिए । तर चराचुरुङगीहरू जागिसकेका थिए, अनि भाले बास्दैथ्यो । मेरा घरमालिक बिहान सबेरै उठ्थे । गाडामा कोदाली राखे अनि हतार हतार खेततिर लागे । सबै सामान लगेर गाईगोठमा पहिलेकै ठाउँमा राखिदिए ।

त्यसपछि लुसुक्क घरभित्र पसे अनि एकजोर सफा जुत्ता, एउटा ओभरकोट र एउटा रेसमी ह्याट बोके । सनपाटबाट बनेका यी चिज लगाउँदा म एउटा सम्मान गर्न लायक व्यक्ति देखिन्थे । बाहिर निस्के, अनि फोर माइल वाटरमा नुहाए । अन्तिम पटक कब्रिस्तानतिर हेरे अनि विक्लोतिर लागे जहाँबाट मैले डब्लिन जाने पहिलो ट्रेन पक्रे । केही महिनापश्चात् कायरोमा चमत्कारको विषयमाथि द टाइम्सको प्रमुख लेख र आइरिस पत्रपत्रिकाको एउटा प्याकेट मेरो हातमा पर्यो । फादर हिक्कीले आफ्नो असत्कारशील व्यवहारको दण्ड भनौँ या पुरस्कार पाएका थिए । म हिँडेको भोलिपल्टै फोर माइल वाटर आइपुगेको कमिटीले चिहान परिसर पहिला जहाँ थियो त्यहीँ फेला पर्यो । आश्चर्यसँग प्रभावित हुँदै फादर हिक्कीले द्विविधापूर्ण वक्तव्य दिएर आफ्नो बचाउ गर्ने प्रयास गरेका थिए, जसले गर्दा चमत्कार, एउटा पूरै छलकपट मात्रै भएको घोषणा गर्न कमिटी बाध्य भो । टाइम्सले विभिन्न प्रमाण र उदाहरण दिदै आफ्नो टिप्पणी यस प्रकार प्रस्तुत गर्यो- “प्यारिस चर्चका पादरीको हैसियतले रेभरेन्ड हिक्कीले आफ्नो जिम्मेवारी उत्कृष्ट ढङ्गले स्थायी रूपमा निर्वाह गर्नुभएकोमा हामी अत्यन्तै खुसी छौँ । दुई सय जनाको हस्ताक्षर भएको स्मृतिपत्र जुन कमिटीलाई हस्तान्तरण गरिएको छ, त्यो त्यति साह्रो चित्तबुझ्दो छैन रेकर्डको लागि, तैपनि फादर हिक्कीको इमान्दारीमाथि प्रश्न उठाउन सकिन्न ।