यो विषयमा थप अगाडि बढ्न तिम्रो मालिकको परामर्शको प्रतिक्षा गर्छु ।

”अँ त जेनो, फादर हिक्कीको बारेमा तिम्रो अबको धारणा के छ ?” मेरा काकाले सोधे ।

”काका, मलाई नसोध्नुस्, यो घरको छानामुनि म हरेक कुरामा विश्वास गर्न सक्छु । रेभरेन्ड हिक्कीले सन्तहरूको जवान गाथाप्रतिको मेरो प्रेमलाई निकै रुचाउनुभएको छ । उहाँको कथाको काव्यात्मकताको प्रशंसा गरौँ । एउटा क्रिस्चियन पादरीले खाएको झुटो सपथ र मध्यरातमा चिहान पौडेर नदि पार गरेको अनि फर्किआउन बिर्सेको प्रसङ्गको बिचमा जुन सम्भाव्यताको सन्तुलन छ, त्यसलाई बिर्सिदिऔँ ।”

”टम हिक्की झुटो बोलिरहेका छैनन् । त्यसका लागि म जस्तोसुकै किरिया खान पनि तयार छु । तर सानातिना गल्ती नै छैनन् भन्नचाहिँ सकिन्न ।”

”यस्तो गल्ती पागलपन वा मूर्खता सम्मान हुन्छ। यो कुरा सत्य हो, मभध्यरातमा अचानक बिउझिदा मेरो आफ्नै ओछ्यान उल्टोपाल्टो भएको छ, आँखा खोली हेर्दा त्यो दृष्टिभ्रम गायब भो, मलाई के डर छ भने हिक्की महोदय बौलाइसकेका छन् । सबैभन्दा राम्रो त यो हुन्छ कि एक जना सद्दे खालको अनुसन्धानकर्ता, एक जना चलाख पर्यवेक्षक अनि एक जना बोध गर्ने कुशलता भएको जो स्वस्थ र सिपालु पनि होस्, धार्मिक पूर्वाग्रहबाट टाढै रहेको यस्ता मान्छेहरूलाई फोर माइला वाटर पठाइहाल्नुस् । मलाई पनि लेखिपठाउनुस् । केही दिन भित्रै म सत्यतथ्य रिपोर्ट गरिहाल्छु अनि तपाई चाहीँ हिक्कीलाई चर्चबाट पागलखाना पठाउने बन्दोबस्ता मिलाउनुस् ।”

”हो, मैले तिमीलाई त्यता पठाउनै आटेको थिए, तिमी निकै चलाख छौ, अडान लिन सक्ने हो भने तिमी एउटा गतिलो जासुस बन्न सक्छौ । तर मुख्य समस्या के छ भने जसमाथि तिमीले निगरानी राख्नुपर्ने हो त्यही व्यक्तिको शङ्ख्या बढाउन तिमी एकदम उधत देखिन्छौ । यस मामिलामा कुनै जुक्ति लगाउन पनि सकिन्छ । यदि त्यसो हो भने म आशा एवम् विश्वास गर्न सक्छु कि यसमा हिक्कीको हात छैन, तैपनि हरेक सावधानी अपनाउनु मेरो कर्तव्य हो भन्ठान्छु म ।”

”कार्डिनल, हाम्रो परिवारमा पागलपनको कुनै लक्षण देख्नुभएको छ तपाईले कहिल्यै ?”

”तिमीमा र हाम्रो हजुरआमाबाहेक अरू कसैमा त्यस्तो लक्षण देखेको छैन मैले, उहाँ पोल्यान्ड निवासी हुनुहुन्थ्यो । तिमी दुरुस्तै उहाँजस्तै छौ, व्यक्तिगत रूपमा भन्नुपर्दा तिमी किन यस्तो प्रश्न सोध्छौ हँ ?”

”किनभने मलाई सायद तपाई आफै अलि पागल पो हो कि जस्तो लाग्न थालेको छ । मेरो निष्कपटताको प्रतीक्षा गर्नुहोला तर एउटा मान्छे जसले रेड ह्याटको खोजीमा आफ्नो जीवन समर्पित गरेको छ । जो आफू बाहेक अरू सबैलाई बौलाहा देख्छ, अनि घुमन्ते चिहानको कथा सुन्न रुचाउँछ, त्यस्तो मान्छेलाई कसरी सद्दे भन्नु यस कारण तपाईलाई आराम र परिवर्तनको जरुरत छ । तपाईको नसा-नसामा पोलिस मूलकी हजुरआमाको रगत दौडिन्छ।”

”म के कुरामा ढुक्क छु भने चर्चको मामिलाका लागि मैले अशिष्ट मान्छे पठाउने पाप गरेको छु, जस्तो लाग्दैन ,” उनले भावनात्मक आत्मयता देखाउँदै भने ”तैपनि हामीले आफूसित जे जित उपकरण वा साधना छ त्यसको सदुपयोग गर्नैपर्छ अब त जान्छौ होला नि तिमी हैन ?”

”यदि तपाईले कथा सुनाएर मलाई नअलमल्याएको भए, जुन म घटनास्थलमै थाहा पाउन पनि सक्थे, म उहिल्यै त्यहाँ पुगिसकेको हुन्थे । ”

”उत्ताउलो बन्नुपर्ने केही कारण छैन जेनो, तिम्रो लागि बस्ने ठाउँको व्यवस्था गर्न सबैभन्दा पहिला त हिक्कीलाई लेखिपठाउनु छ । तिमीले स्वास्थ्यलाभ गर्दै छौ भनेर बताउनु पनि छ । अनि जेनो, भगवानकै नाममा भए पनि तिमी शिष्ट बन्नू चेतनशील मान्छेको व्यवहार देखाउनु । धर्मको विषयमा हिक्कीसित विवाद नगर्नु । तिमी मेरो भतिजो भएको कारणले पनि मेरो इज्जतमा दाग लाग्ने काम नगर ।”

”म कट्टर क्याथोलिक हुन्छु काका, तपाईको इज्जत जाने काम म कदापि गर्दिन ।”

”मेरो सुभकामना छ, तिमी त्यसै गर्ने छौ यधपि चर्चमा विलय हुन तिमीलाई गाह्रो छ । अब मैले तिमीलाई घरबाट बाहिर निकाल्नै पर्छ । झन्डै तिन बज्न लागिसकेछ, म सुत्छु अब । होटल जाने बाटो त थाहा होला नि तिमीलाई हैन ? अहँ म कतै जान्न, यही कुर्सीमै सुत्छु म, तपाई जानुस् सुत्न, मेरो लागि चिन्ता गर्नुपर्दैन ।”

यो घरबाट तिमी सुरक्षित रुपमा बाहिर ननिस्किउन्जेल म निदाउन सक्दिन, आऊ उठ अनि सुभरात्रि भन ।

कार्डिनललाई मैले पठाएको पहिलो रिपोर्टको प्रतिलिपि-
फोरमाइल वाटर काउन्टी विक्लो, अगस्ट १०

मेरा आदरणीय काका,
चमत्कार साँचिकै सक्कली छ, हिक्की र गाउँलेका पुरा विश्वास जितेको छु । उनीहरूलाई गार्डबाट मुक्त गराएको छु । सन्देहवादी अपरिचित मान्छेलाई विश्वासमा लिने उनीहरूको तरिका पनि बुझेको छु । शस्त्रभन्डारको नक्सा पनि परिक्षण गरेको छु । पँधेराको दुवै साइडको चौरमा बसेर पुरै एक दिन बिताएको छु, अनि मध्यरातमा समान्सको भ्रमण पनि गरेको छु । उथलपुथलसम्बन्धी सिद्धान्त , डुब्ने या भासिने सम्बन्धी सिद्धान्त जुन विशिष्ट प्रान्तीय वैज्ञानिकहरूले सुझाएका थिए, त्यो पनि मनन् गरेको छु मैले । ती सबै अप्राप्य छन् । यस इलाकामा गिल्ला गर्ने एउटा अरेन्ज म्यान मात्रै छ । उसले कब्रिस्तान हटाएको कुरा स्विकारेको छ, तर ऊ भन्छ फादर टमको निर्देशनमा राति राति त्यसको उत्खनन् गरियो र अन्त कतै प्रत्यारोपण गरियो । यो पनि प्रश्नको घेराबाहिर छ, ब्रिमस्टोन बिल्लीको शव पहिलो चोटि गाडेकै चार वर्ष भइसक्यो । उसकै चिहान मात्रै यस्तो चिहान हो, जसमा हाल सालै उत्खन्न गरिएको सङ्केत भेटिन्छ । उत्तरी किनारमा यो एउटा मात्रै चिहान छ, जुनदेखि मान्छे टाढै भाग्छन् । हरेक बाटुवाले दिनदिनै ढुङ्गा फ्याक्ने हुनाले यो चिहान छिट्टै स्मारक बन्ला जस्तो छ । चिहान परिसरको बिचमा ढुङ्गाले बनेको प्रार्थनागृह अझै खडा छ दक्षिणपट्टि । यदि तपाई चाहनुहुन्छ भने विषयवस्तुको छानबीन कमिटी पठाउन सक्नुहुन्छ । ह्विस्कीको रेकर्डअनुसार यहाँ चमत्कारिक घटना घटेको कुरामा शङ्कै छैन । मेरो हकमा भन्ने हो भने म त यसमा अभ्यस्त भैसकेको छु यदि विक्लो काउन्टीले टपक्क मलाई मिडलसेक्स पुर्यायो भने पनि लन्डनका मेरा साथीहरूको उदेक लाग्दो अभिव्यक्तिका लागि म अधैर्य हुने थिए ।

माथि उल्लिखित विवरण व्यावहारिक एवम् व्यवस्थित छैन त ? तपाई आफैले चमत्कार हेर्नुभो भने पनि यसले एउटा युवाको दृष्टि र स्वास्थ्यलाई ढाकछोप गर्न सक्दैन । तपाई आफै केट हिक्कीलाई भेट्न सक्नुहुन्छ , जसलाई तपाई फुच्ची केटी ठान्नुहुन्छ । कार्डिनल, तपाई भ्रममा हुनुहुन्छ , उनी सत्र वर्ष भैसकिन् । मस्त जवानीमा हिँडिराखेकी छिन् उनी । उनको जवानी यति कडा छ कि सावरको जुत्ताजस्तै जसले एकै झल्कोमा तपाईको तपस्या वा वैराग्यलाई खरानी बनाइदिन्छ । उनका लागि म त एउटा आश्चर्यको वस्तु दुष्ट सहरमा हुर्केको एउटा अपरिचित मान्छे मात्रै हुँ । फिल लङ्गान नाम गरेको एउटा कृषकले केट हिक्कीको मन जित्ने प्रयास गरेको थियो । जसलाई विक्लोमा खेत जोत्न पठाइएको थियो, ऊ मलाई घृणा गर्छ, फादर पठाइएको थियो ऊ मलाई घृणा गर्छ, फादर टमका लागि मैले उनलाई साथ दिनुपर्छ जसलाई म तपाईको जवानीको कथा सुनाएर मनोरञ्जन गराउँछु । पहिलो दिनमै भएजति सबै आधिकारिक उपाख्यान सिद्याए । यस्ता उपाख्यान सुन्दा फादर टम निकै आनन्दित हुन्छन् ।

जेनो लेगी हेर्नुस् त्यसपछि म फोर माइल वाटरमा प्रेममा छु । पटक पटक म प्रेममा परेँ तर एक चोटि मात्रै एउटी त्यस्ती महिलासित मेरो भेट भो जसले केट हिक्कीले जस्तै गहिरो प्रेम गरिन्छ । उनी अत्यन्त चलाख तर अलि अटेरी र अशिष्ट खालकी थिइन् । कलाको कुरा गर्नासाथ उनी हाइ हाइ गर्थिन् । जब म स्वार्थी र लोभी संसारको भर्त्सना गर्थे उनी हाँस्न थाल्थिन्, भन्थिन् ‘बिचरा !’ जब म उनको सुन्दरता र ताजापनको प्रशंसा गर्थे उनी मलाई गिज्याउन थालिहाल्थिन् । उनको क्रुरताको निन्दा गर्थे, उनी रिसले भुतुक्क भइहाल्थिन् अनि ‘कति जाती मान्छे’ भन्दै व्यङ्ग्य कसिहाल्थिन् । एक दिन दिउँसो उनका काकाको घरको मुल गेटमा उभिराखेका थियौ, उनी तल धुलाम्य सडकतिर मन नपरेको लङ्गानको बाटो हेरिराखेकी थिइन् भने म चाँहि सफा निलो आकाशतिर हेरिराखेको थिए ।

उनले भनिन् “कति छिट्टै लन्डन फर्किन लागेको तिमी ?” “म लन्डन फर्कन लागेको हैन, हिक्की । फोर माइल वाटरमा बसेर म अघाएकै छैन ।”

तपाईको सराहनाप्रति फोर माइल वाटरले गर्व गर्नैपर्छ ।”

“उसो भए तिमी मेरो चाहनाको कदर गर्दिनौ हैन त ? कि मैले यहाँ बस्दा पाएको खुसी र आनन्दप्रति ईर्ष्या गर्छ्यौ ? मलाई लाग्छ आइरिस केटीहरू केटाहरूले क्षणिक शान्ति पाएको पनि देखिसहँदैनन् ।”

“तिमीले कहिल्यै पनि आइरिसकेटीसित सङ्गत गरेका छैनौ जस्तो लाग्यो मलाई किनकी तिनीहरू तिमीभन्दा कता हो कता धेरै तल छन् ।” “उनीहरू मभन्दा तल छन् भनेर मैले कहिले भने र हिक्की ? मैले तिमीलाई निकै प्रभाव पारेछु क्यारे हो ?”

“हो त नि, ठिक भन्यौ तिमीले, ममाथि विश्वास गर, तिम्रै बारेमा सोच्दासोच्दै म रातभरि निदाउन सक्दिन लेगी । आफूलाई सानै सम्झिनु क्रिस्चियनको मुख्य विशेषता नै हो ।

“तिमी तीन गुणा गलत छ्यौ हिक्की, मप्रति यस्तो व्यङ्ग्यात्मक बन्नु पनि तिम्रो गल्ती हो । मेरो विश्वासमा केही अविवेकी कुरा छन् भनेर बहाना गर्नु पनि गल्ती हो तिम्रो । अनि अर्को गल्ती भनेको मेरो निष्कपटतालाई निरुत्साहित गर्नु जसको सहायताले म सधै खुल्लमखुल्ला घोषणा गर्छु कि म हरदम आफ्नो बारेमा मात्रै सोच्छु ।”

“त्यसो भए तिमी मसित नबोलेकै जाती किनभने मसित सोमत नै छैन ।”

“फेरि उही कुरा, कहिले भने मैले तिम्रो सोमत छैन भनेर ? मैले राम्रै बोले पनि तिमी नराम्रो मात्रै सुन्छ्यौ हगि ? सम्मान गर्न खोजे पनि तिमी अपमानै ठान्छ्यौ । यदि मैले लिट्यानी अफ द ब्लेस्ड भर्जिन वाचन गरे भने पनि सायद तिमी ममाथि नै जाइ लाग्छ्यौ होला । मानौ म तिमीलाई गाली गर्दै छु, किनभने तिमी मलाई घृणा गर्छ्यौ । तिमी कहिल्यै लङ्गानलाई गलत बुझ्दिनौ, जसलाई तिमी प्रेम गर्छ्यौ, लन्डनको आचरण वा शिष्टता के हो, म जान्दिन लेगी तर आयरल्यान्डमा चाहिँ भद्रभलाद्मीहरू आफ्नो काममा इमान्दारीपूर्वक लागुन् भन्ने अपेक्षा गरिन्छ ।

“लङ्गानलाई म प्रेम गर्छु भनेर तिमीले भन्ने आँट कसरी गर्यौ ?”

“ए उसो भए तिमी उसलाई प्रेम गर्दिनौ, हैन त ?”

“म उसलाई प्रेम गरौँ कि नगरौँ तिमीलाई के मतलब ?”

“मलाई घृणा गरेर अरूलाई प्रेम गरेको के म चासो नलिऊँ ?”

“म तिमीलाई घृणा गर्छु भनेर मैले कहिले भनेँ ? अरूले के भन्छन् तिमीले कहिल्यै बुझ्ने कोसिस गर्यौ ? अरूले आफूलाई बुझेनन् भनेर तिमी खालि होहल्ला मात्र गर्छौ ।” सडकतिर नियाल्दै गर्दा उनी अकस्मात् प्रसन्न देखिइन् “वाह !” मैले भने ।

“के हो नि ! यो वाह ! भनेको ?”

“केही होइन, अब म तिमीलाई लोग्नेमान्छेको सहानुभूति कस्तो हुन्छ देखाइदिन्छु । त्यो बेला तिमीले लङ्गानलाई जुन रूपमा बुझ्यौ जो उमेरका हिसाबमा निकै अग्ला छन् तत्काल तिमीलाई भेट्न आउँदै छन् । “अँ एउटी ईर्ष्यालु महिला हुनुको नाताले तिमीसित बस्नुको साटो क यहाँबाट हटिदिन्छु ।”

“जाऊ कि बस मलाई मतलब छैन । लङ्गानलाई तिमी आफू ज्ञानी हुन के दिन्छ्यौ, त्यही मात्र जान्न चाहन्छु म ।”

“मसित भएजति सबैथोक दिन्छु, म कसम खाएर भन्छु, किनभने तिमी खालि फराकिलो सोच भएको मान्छेलाई भन्दा अग्ला मान्छेको मात्रै प्रशंसा गर्छौ । ज्यामितीय हिसाबले भन्ने हो भने चौडाइबिनाको लम्बाइ, स्थान बिनाको अग्लाइ, एउटा यस्तो भूदृश्य वा तस्बिरको स्वरूप जसमा रेखा छ बिन्दु छैन, हो, लङ्गान पनि ।

“कति बाठी रहिछ्यौ तिमी त ।”

“तिमी मलाई बुझ्दिनौ मलाई त्यस्तै लाग्छ, उँटजस्तै पर्खालैपर्खाल तिम्रो प्रेमी आइसकेका छन् । क्रिस्चियन हुनुको नाताले म यहाँबाट बाहिरीदै छु । गुड आफ्टरनुन, लङ्गान ! म जादै छु किनभने मेरो बारेमा हिक्कीले तिमीलाई केही न केही अवश्य भन्ने छिन् जुन मेरो उपस्थितिमा खुलस्त भन्न गाह्रो पर्छ, तिमी त मलाई माफ गर्छौ होला नि ?”

“ओहो !किन माफ नगर्नु, अवश्य गर्छु” उसले अशिष्ट भाषामा भन्यो, म मुस्कुराउँदै बाहिर निस्के । मैले सुन्दिन भनेर होला, केटीले ठुलै स्वरमा कानेखुसी गरी ।

“औधी मन पर्दैन त्यो मान्छे मलाई ।”

म फेरी मुस्कुराए तर यो चोटि मेरो मनोबल गिरेकाले बडो मुस्किल पर्यो मुस्कुराउन । डेयर फ्राइसुसमा जसरी सहनाईको आवाजले वनस्थलीलाई अध्यारो पार्छ, त्यस्तै कर्कश स्वर मेरो कानमा ठोक्किन आइपुग्दा म हतार हतार हिँडिरहेको थिए । मैले आफूलाई छिट्टै चिहान परिसरमा पाए । माटोको पर्खालले घेरिएको उजाड ठाउँ थियो त्यो, जसमा कृषक र मलामीलाई प्रवेश दिन ढोका राखिएको थियो । फोर माइल वाटर सहरका बिचमा ओहोरदोहोर गर्नका लागि छोटो बाटोको रूपमा यही प्रवेशद्वारलाई प्रयोग गर्थे । चिहानहरू ढिस्कोको रूपमा परिणत भैसकेका थिए । जसलाई घासपातले पुरै ढाकेको थियो । रेखदेख गर्ने कोही थिएन । त्यहाँ न कुनै फूल थियो न त कुनै रेलिङ अर्थात अङ्ग्रेजी चिहानलाई अनाकर्षक बनाउने परम्परागत चिज नै थिए, पुण्यात्मा भनिने दिदीबहिनीहरूको चिहान नजिकै एउटा झ्याम्म परेको काँडाको बुटो थियो जसलाई थोत्रो कपडाको टुक्रा र तौलियाले छोपेर राखिएको थियो । प्रार्थनामा बसेका किसानका पत्नीहरूको तस्बिर पनि सँगै टासिएको थियो । म भित्र पस्दै गर्दा तीन जना मान्छेहरू घुडा टेकेर निहुरिरहेका थिए । हालै मात्र कुनै चमत्कारद्वारा त्यस ठाउँको प्रतिष्ठा पुनर्जीवित गरिएको थियो । चिहान परिसरमा आउने यात्रुका लागि नजिकै एउटा डुङगाको व्यवस्था पनि गरिएको थियो । म जहाँ उभिएको थिएँ, त्यहाँबाट पारिपट्टिको किनारमा ढुङ्गाको थुप्रो देखिन्थ्यो जुन मेरो अघिल्लो भ्रमणको बेलाको भन्दा प्रस्टै बढेको देखिन्थ्यो । त्यसले ब्रिमस्टीन बिल्लीको परिव्यक्त चिहानको सङ्केत गर्थ्यो । अलि बेर मैले त्यसलाई निकै घोरिएर हेरे अनि त्यसपछि नदि किनारमा ओर्लेर डुङ्गामा चढेँ ।

“गुड इभनिङ सर !” माझीले भन्यो । ऊ डोरी लगाएर डुङ्गा तान्न थाल्यो । “गुड इभनिङ ! तिम्रो व्यवसाय खस्क्यो कि क्या हो आजभोलि ?”

“विश्वास गर्नुस हजुर कहिले चाहिँ राम्रो भएको थियो र ?” दक्षिणतिरबाट आउने मान्छेहरूले बिल्लीको चिहान देख्न सक्छन् । भगवानले उनी माथि दया राखुन् ! उनीहरू बिल्लीको चिहानमाथि ढुङ्गा राख्न एक पैसा पनि खर्च गर्न चाहदैनन् । तपाई तेस्रो व्यक्ति हुनुहुन्छ, जसलाई आज म यो शुभ दिनमा दक्षिणबाट उत्तर लिएर जादै छु । धेरैजसो मान्छेहरू कुन बेला आउछन् ? दिउँसो जति बेला पनि आउँन सक्छन् गोधूलि साँझबाहेक, घाम डुबेपछि कोही आउन चाहँदैनन् । अनि तिमी रातभर एक्लै बस्छौ त यहाँ ?”

भगवानले माफ गरुन् रातभर एक्लै कसरी बस्नु र हजुर ?
“राति कुनै बेला चोरी हुन बेर छैन डुङ्गा ।” “के भन्नुभएको तपाईले त्यस्तो ? चोर्न त परै जाओस् डुङ्गाको छेउमा पनि कोही पर्न सक्दैन ।”

“विश्वास गर्नुस् ! साँझ डुङ्गा छोड्नुअघि म दुई चोटी सोच्ने गर्छु भगवानले रक्षा गरुन् । तपाईलाई साथै लामो आयु दिउन् ।”

उसलाई मैले ६ पेन्स दिएको थिए, म त्यो पापीको चिहानमा गए अनि त्यसको फेदमा उभिएर सूर्योदयपछिको साह्रै सुन्दर देखिने आकाशतिर नियाले । ठुला ठुला रूख, फराकिलो दुबोको चउर र भव्य महल हेर्ने बानी परेका मेरा अङ्ग्रेजी आँखामा त्यो भूदृश्य एकदम असभ्य र अप्रीतिकर लागे । फर्किने क्रममा त्यो माझीले यसअघि नै डोरी झ्वाट्ट तान्दै थियो । (मैले उसलाई त्यो बाटो फर्किन्न भनिसकेको थिए) उसलाई मैले डुङ्गा तान्ने डोरी दक्षिणी किनारतिर छिटो छिटो लादै गरेको, कोट लगाउँदै गरेको अनि पैदलै घरतिर हिडेको देखेँ ।

म पैदलै चिहानतिर फर्के, जसले ब्रिमस्टोन विल्लीको शब गाडेका थिए, उनीहरूले अवैध समयमा हतार हतार मानिसहरूले थाहा पाउलान् र इज्जत जाला भन्ने डरले राम्रोसित चिहान खन्न सकेका थिएनन् । मुस्किलले लास गाड्न पुग्ने गरी मात्रै माटो झिकेका थिए । एउटा भुस्याहा कुकुरले ढिस्कोको कुना खोस्रेर कफीन उदाङ्गो पारिदिएको थियो । चिहानबाट केही ढुङ्गा टिप्दै गर्दा र पर्खालको प्वाल टाल्न ढुङ्गा थुपार्दै गर्दा मेरो मनमा झ्वाट्ट के सम्झना आयो भने एउटा समूहकै चमत्कारिक काम हुनुपर्छ । धेरैको साटो एउटा मात्रै चिहान यताउति सार्न सक्थे उनीहरूले । अलौकिक दृष्टिकोणबाट हेर्दा खेरि पनि अनौठो त के देखियो भने त्यस पापीले मुक्तिका लागि ईश्वरले चुनेको व्यक्तिलाई सजिलैसित देशनिकाला गरेको हुनुपर्छ ।

मैले त्यो ठाउँ छाडेर हिड्दा झमक्क साँझ परिसकेको थियो । आधा माइलजति हिडेपछि पुल तरे अनि फार्महाउस फर्के, त्यहीँ बास बसे । यहाँ काफी एकान्त महसुस भएपछि चिया पिउनका लागि मात्रै बसे । त्यसपछि म फादर हिक्कीको झुपडितिर लागे ।

म झोपडीभित्र पस्दा केट एक्लै रहिछिन्, ढोका खोल्दै गर्दा उनले मेरो मुखमा पुलुक्क हेरिन् र मलाई चिन्नासाथ निराश हुदै अर्कोतिर मुन्टो फर्काइन् ।

“एक चोटिका लागि दया गर ” मैले भने, “मेरो उपस्थितिले तिम्रो दिन नबिग्रियोस् भनेरै म घन्टौसम्म बिनाउद्देश्य भौतारिरहे । घाम सिधा टाउकामाथि आइपुग्दा तिमी हिड्ने बाटोमा मेरो छायाँ नपरोस् भन्ठान्थे, अहिले रात परिसकेको छ, मेरो छायाँमाथि प्रकाश पारिदेऊ आधा घन्टा बस्न सक्छु म यहाँ ?”

“जति बेरसम्म बस्न मन लाग्छ बस, मेरो काका छिट्टै घर आइपुग्दै हुनुहुन्छ, कुराकानी गर्न निकै सिपालु हुनुहुन्छ उहाँ ।”

“के रे, फेरि उपहास ? आऊ हिक्की, आजको साँझ सँगै बसौँ र त्यसलाई रङ्गीन बनाऔ । तिमीले मुसुक्क हासिदिए मात्रै पुग्छ । मेरो मन अलि खिन्न भएको छ । फेरि माइल वाटर स्वर्ग हो, तर तिमीबिना एक्लो र शून्य हुन्छ ।”

“तिम्रो लागि त एक्लो र शून्य हुनैपर्छ, तिमी किन आयौ यहाँ ?” तिमीलगायत यहाँका सबै महिलाहरू जेर्लिना जस्तै छन् र पुरुषहरू मासेटो जस्तै छन् भन्ने सुनेर आएको म ।”

क्रमश……