एस. राजामौलीको निर्देशन रहेको फिल्म आरआरआर फिल्मलाई अस्कर अवार्ड दिलाउनका लागि गरिने क्याम्पेन, विज्ञापन र अनेक प्रयासमा करिब ८० करोड खर्च भएको दाबी गरिरहेका बेला फिल्मका निर्माता डिभिभी धनैयाले भने सो कुरालाई अस्वीकार गरेका छन् ।
फिल्मले अस्कर हात पारोस् भनेर फिल्मका अभिनेताद्वय राम चरण र जुनियर एनटिआरले २५‑२५ करोड खर्चिएको समेत खबर बाहिरिएको थियो । निर्माता धनैयाले भने सो कुराको पनि खण्डन गरेका छन् ।
तेलुगूथ्रीसिक्टी न्युज मिडियासँग कुरा गर्दै निर्माता धनैयाले फिल्मको अस्कर अभियानका लागि कुस्त रकम खर्च गरिएको बारे मैले पनि नसुनेको होइन । तर सो अभियानका लागि मेरो गोजीबाट ८० करोड भने गएको छैन । केका लागि खर्चने ? मेरा लागि यसले के फाइदा दिन्छ ?
फिल्मको नाटु नाटु गीतका लागि ओरिजनल स्कोर शीर्षकमा अस्कर अवार्ड हात पारेको थियो । धनैयाले भनेका छन्, ‘मैले निर्माण गरेको फिल्मको गीतले अस्कर अवार्ड प्राप्त गर्नु मेरा लागि सौभाग्यको कुरा हो । यसमा म गर्व अनुभूत गर्छु । निर्देशक राजामौलीप्रति म कृतज्ञ पनि छु । सारा युनिटले गरेको मिहिनेतले वास्तवमै परिणाम आएको छ । यही एउटा गीतका लागि ३० दिन रिहर्सल गरियो । गीतलाई युक्रेनमा फिल्माङ्कन गरियो । त्यो दुःखले परिणाम हात पारेको छ ।’
आरआरआरले संसारभरबाट ११०० करोड भारूको व्यापार गरेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।