भारतको तमिलनाडु राज्यकी पूर्व मुख्यमन्त्री जयललिताको जीवनीमा आधारित फिल्म थलाइवी फ्लप भइवरी ओटिटीमा समेत फ्लप भइसकेको छ तर विवाद भने नयाँ नयाँ आइरहेको छ ।
कंगना रनावतद्वारा अभिनित सो फिल्मको विश्वव्यापी वितरण अधिकार लिएको जि स्टुडियोजले फिल्मले घाटा लगाएका कारण, फिल्मलाई तिरिएको अग्रिम रकम फिर्ता दिन निर्मातासँग गरेको आग्रहलाई सुनेको नसुन्यै गरेपछि इन्डियन मोसन पिक्चर प्रोड्युसर्स एसोसिएसन (आइएमपिपिए)लाई औपचारिक रूपमा पैसा फिर्ताका लागि मध्यस्थ गरिदिन आग्रह गरेको छ।
निर्माताले फिल्म वितरणको अधिकार ६ करोड मागेकामा सो रकम तिरेको तर फिल्म फ्लप भएपछि आफ्नो सो रकम प्रदर्शनबाट उठ्न नसकेका कारण निर्माताबाट उठाइदिन संघलाई मध्यस्थताका लागि अनुरोध गरेको हो ।
जि स्टुडियोजले थलाइवीको हिक्न्दी र तमिल संस्करण भारत र विश्वभर वितरणको अधिकार लिएको थियो । त्यसका लागि भिव्री मोसन पिक्चर्सलाई जिले ६ करोड रूपैयाँ अग्रिम रूपमा तिरेको थियो ।
नियमअनुसार, फिल्मले ६ करोडभन्दा बढी उठाएको खण्डमा वितरकले आफ्नो खर्च कटाएर निर्मातालाई बाँकी रकम दिनुपर्ने थियो तर फिल्मकै व्यापार लज्जास्पद भएपछि सो रकम उठ्न नसकेको जि स्टुडियोजले जनाएको छ ।
जिले निर्माता भिब्री मोसन पिक्चर्सलाई पछि पुनः फिर्ता गर्ने गरी दिएको रकम फिर्ता गर्न बारम्बार पत्राचार गरेको भए पनि कुनै जवाफ नदिएको आरोप लगाएको छ ।
निर्माता संघबाट पनि रकम फिर्ताका लागि कुनै पहल हुन नसकेको खण्डमा भिब्री मोसन पिक्चर्समाथि जि स्टुडियोजले मुद्दा हाल्ने तयारी गरेको छ ।
अरबिन्द स्वामी, भाग्यश्री र राज अर्जुनले पनि अभिनय गरेको यस फिल्मलाई ए एल विजयले निर्देशन गरेका हुन् । फिल्म २०२१ सेप्टेम्बर १० मा रिलिज भएको थियो ।
कोरोनाकाल अन्त्य भएर यतिबेला सिनेमा हलहरू पूर्ण रूपमा खुलेका थिए । फिल्मको व्यापार न्यून भएको देख्नेबित्तिकै निर्माण समूहले फिल्मलाई नेटफ्लिक्समा दुई सातामै रिलिज गरेको थियो । फिल्म रिलिजको दुई सातामा नै फिल्म रिलिज गरिएका कारण हलमा दर्शकहरू नगएको आरोप जि स्टुडियोजले लगाएको थियो।
चाँडै नै नेटफ्लिक्समा रिलिज गरिएलगत्तै त्यो बेला मल्टिप्लेक्सले फिल्म प्रदर्शन गर्न अस्वीकार गरेका थिए । दुई सातामै सिनेमा हलबाट उत्रिएपछि फिल्मको व्यापारमा ठूलो घाटा लागेको थियो ।
फिल्म रिलिज हुँदा ओपनिङ डेमा जम्मा ३२ लाख व्यापार गरेको थियो । यसले भारतबाहिर जम्मा २ करोड भारूको व्यापार गरेको थियो ।
तमिल र तेलुगू भाषामा रिलिज हुँदा फिल्मले लगभग ५ करोड ७५ लाख कमाएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।