
अतिथिः अन्तिम अंश
जस्तो छ, बिचरा कसरी चिया पिओस्”, “अवश्य”, बाल्दुसीले भने, “यात्राका लागि मात्रै त्यसौ गरिएको हो।” ऊ उभिन खोज्दै थियो तर दारु चियाको गिलास भुइँमा राखेर अरबको छेउमा घुँडा टेकेर बसेका थिए । केही नबोली अरबले खुब तिर्खाएका आँखाले बाल्दुसीलाई हेर्यो । हात मुक्त हुनेबित्तिकै उसले आफ्ना सुन्निएका नाडीबाट एकापसमा जोडले दराल्न थाल्यो । तातो चिया सुरूप सुरूप पिउन थाल्यो ।
“स्याबास ! कहाँ जान लागेको तिमी भन त ?” चियाको कपबाट आफ्ना जुँगा हल्लाउँदै बाल्दुसीले भने- “यहाँसम्म मात्रै बाबु ।”
“कस्तो अचम्मको मान्छे होला, यहाँ रात बिताउन खोज्दै छौ तिमी ?”
“अहँ ! एल अमाउर फर्किँदै छु म । तिमीले यो मान्छेलाई तिङ्गुइत पुर्याइदिनू । प्रहरी मुख्यालयमा उसको प्रतीक्षा हुँदै छ ।”
“के नचाहिने कुरा गरेको त्यस्तो ? मलाई फसाउन खोजेको तिमीले ?” स्कुल मास्टर जङ्गिए ।
“हैन बाबु, आदेशै यस्तै छ ।”
“आदेश रे ? अहँ, म सक्दिनँ…” दारु अलि हच्के । कोर्सिकनलाई चोट पुर्याउने उनको मनसाय थिएन । मेरो भनाइको मतलब, त्यो मेरो काम हैन ।”
“के रे ? युद्धको समयमा त मान्छेले हरेक काम गर्नुपर्छ । त्यसो हो भने युद्धको घोषणा नहुन्जेलसम्म पर्खिन्छु म” बाल्दुसीले मुन्टो हल्लाए ।
“ठिक छ तर आदेश त भैसक्यो, तिमी पनि यसमा संलग्न हुनैपर्छ । भित्रभित्रै तयारी हुँदै छ, विद्रोहको हल्ला खुब चल्दै छ । एक किसिमले भन्ने हो भने हामी परिचालित भैसक्यौँ ।”
दारुको हेराइ अझै हठी खालको थियो ।
“मेरो कुरा सुन बाबु” बाल्दुसीले भने- “म तिमीलाई खुब मन पराउँछु अनि तिमीले पनि मेरो कुरा मान्नैपर्छ । एलमाउरमा हामी एक दर्जन मात्रै प्रहरी छौँ, पूरै इलाकाको गस्ती हामीले नै गर्नुपर्छ । त्यसैले म आजै फर्किनुपर्छ जसरी भए पनि । हतारमा छु म यो केटालाई तिम्रो जिम्मामा छोडेर छिट्टै फर्किनू भन्ने आदेश छ । यो केटालाई त्यहाँ राख्न नमिल्ने भयो । उसको गाउँका मान्छे जाग्न थालिसकेका छन्, फर्काउन चाहन्छन् उनीहरू यो केटालाई । तिमीले भोलि नै यसलाई तिङगुइत पुस्याईदिनू जसरी भए पनि । बिस किलोमिटरको बाटो तिमी जस्तो बलियो मान्छेका लागि खासै गाह्रो कुरा पनि त हाँइन नि । त्यसपछि सबै ठिक हुन्छ । तिमी आफ्ना विद्यार्थीकहाँ फर्केर आनन्दको जीवन बिताउन सक्छौ ।
पर्खालपछाडि घोडाले फत्कारेको र भुइँ खोस्रिँदै गरेको आवाज सुनिन्थ्यो । जब भए जति हिउँ फल्यो, तब सूर्यले आफ्नो शक्ति देखाइहाल्यो फेरि एक चोटि ढुङगै पग्लेलाजस्तो भो । कयौँ दिनसम्म अपरिवर्तनशील आकाशले सुनसान धरतीमाथि सुक्खा प्रकाश छर्न थाल्यो जहाँ मानिससित कुनै संसर्ग थिएन ।
बाल्दुसीतिर फर्केर दारुले सोधे- “आखिर उसले गरेको केहो ?” ती अर्धसैनिक प्रहरी अधिकृतले मुख खोल्न नपाउँदै उनले फेरि सोधे, अनि उसले फ्रेन्च बोल्छ त ?
“अहँ, बोल्दैन, एक शब्द पनि बोल्दैन, एक महिना भो हामीले उसलाई खोजेको तर उनीहरूले यसलाई लुकाइराखे । उसले आफ्नो काकाको छोरालाई मार्यो । हाम्रो पनि विरोधी हो ऊ ।”
“मलाई त त्यस्तो लाग्दैन तर ढुक्क चाहिँ नहुनू ।”
“किन मारेछ त उसले आफ्नै काकाको छोरालाई ?”
“मलाई लाग्छ, पारिवारिक झगडा होला सायद । एउटाले अर्कोको अन्नपात तिर्नु थियो होला, त्यस्तै देखिन्छ । प्रस्ट खुलेको त छैन । जेहोस् उसले काकाको छोरालाई खुर्पाले हानेर मारेछ । तिमीलाई थाहै छ, जसरी मान्छेले भेडा छिनाल्छ नि, हो त्यसै गरी छिनालेछ ।”
यसरी घाँटी चिरेको थियो भनेर देखाउन बाल्दुसीले ब्लेडको नक्साका सङ्केत गरे । अरबको ध्यानाकृष्ट भयो । उसले चिन्तित मुद्रामा बाल्दुसीतिर हेर्यो । त्यो मान्छेप्रति डाहाले मरेका मान्छेहरूप्रति दारुको मनमा क्रोध उत्पन्न भयो ।
स्टोभमा बसालिराखेको चियादानीमा सिट्ठी लागिरहेको थियो । बाल्दुसीका लागि थप चिया ल्याइदिए दारुले । अलि हिचकिचाउँदै अरबका लागि पनि थप चिया ल्याइदिए दोस्रो चोटि बडो लालची पाराले पियो उसले । अरबले हात उठाउँदा लगाइराखेको ऊनीको मखमली लुगा भुइँमा झर्यो, त्यही बेलामा स्कुल मास्टरले उसको दुब्लो पातलो छाती देखिहाले ।
“धन्यबाद बाबु, ल त म अहिलेलाई लागेँ है” बाल्दुसीले भने । उठेर उनी अरब भएठाउँतिर गए, खल्तीबाट एउटा सानो डोरी निकाले उनले । “के गर्न लाग्नुभो तपाईं ?” दारुले अलि रुखो भाषामा सोधे । बाल्दुसीले क्षब्ध हुँदै उनलाई डोरी देखाए ।
“पिर मानु पर्दैन ।”
“ती वृद्ध प्रहरी अधिकृत अलि हच्के त । तिम्रा लागि हो यो । साँच्चि तिमीसित कुनै हतियार छ ?”
“सर्टगन (छर्रा-बन्दुक) छ मसित ।”
“कहाँ छ त खै ?”
“ट्याङकामा छ ।”
“ओछ्यानको छेउमा राख्नुपर्थ्यो तिमीले त्यो सर्टगन ।”
किन ? कसको डर छ र मलाई ?
“बहुलायौ कि क्या हो तिमी बाबु ? यदि विद्रोह भैहाल्यो भने कोही पनि सुरक्षित रहने छैन । हामी सबै एउटै डुङ्गामा छौँ ।”
“म आफ्नो सुरक्षा आफैँ गर्छु । उनीहरू कहिले आउने हो कहिले, मसित समय प्रशस्तै छ ।” बाल्दुसी हाँस्न थाले, त्यसपछि अकस्मात् जुँगाले उनको सेतो दाँत छोप्यो ।
“समय प्रशस्तै छ रे ? भैगो म पनि त्यस्तै भन्दै थिएँ । तिमी सधैँ अलि पागल जस्तो व्यवहार गर्छौ । त्यसैले त म तिमीलाई मन पराउँछु । मेरो छोरो पनि त्यस्तै थियो । यसैबिच बाल्दुसीले आफ्नो रिभल्भर निकालेर डेस्कमाथि राखे ।
“यो राख, यहाँबाट इलामर जान मलाई दुई दुई वटा हतियार चाहिँदैन ।”
टेबुलको कालो रङमा रिभल्भर खुब चम्क्यो । जब प्रहरी अधिकृत उनीतिर फर्के, स्कुल मास्टरको नाकमा छाला र घोडाको मासुको गन्ध आयो । “हेर्नुस् बाल्दुसी, मेरो कुरा सुन्नुस्”, दारुले अकस्मात् भने “यी हरेक चिजदेखि मलाई औधि घिन लाग्छ ।” सबैभन्दा बढी घिन त तपाईंको यही मान्छेदेखि लाग्छ । म उसलाई कसैको हातमा सुम्पिन सक्दिनँ । बरु कुस्ती खेल्न तयार छु तर यो काम गर्न सक्दिनँ ।”
दारुका सामु उभिएका ती वृद्ध प्रहरी अधिकृतले उनलाई डरलाग्दो आँखाले हेरे ।
“कस्तो सिल्ली कुरा गरेको तिमीले ?” उनले मसिनो स्वरमा भने “मलाई पटक्कै मन पर्दैन यस्तो, धेरै वर्ष भो तिमीले मान्छेलाई डोरी नबाँधेको । बानी परेको छैन जस्तो छ तिमीलाई, फेरि लजायौ पनि तिमी । तर उनीहरूलाई सजिलो हुने काम तिमीले गर्न पाउँदैनौ ।”
“हजुर” कैदीले भन्यो ।
दबै जनाका लागि टेबल ठिक पारे दारुले । उनले पिठो र तेल निकाले । फ्राइङ प्यानमा केक पकाउन ग्याँस चुल्हो बाले । केक पाक्दै थियो, छोकडा, चिज, अन्डा र तताएको दुध लिन उनी गोठतिर लागे । केक तयार भएपछि केक सेलाओस् भनेर झ्यालको सँघारमा राखे । बाक्लो दुधलाई फेरि पानी हालेर तताए, अम्लेट बनाए । एकैचोटि खल्तीमा राखेको रिभल्बर छामे । ठिक कक्षाकोठा भित्र पसे, रिभल्बर डेस्कको घर्रामा थन्क्याए । कोठामा फर्किदा लगभग रात परिसकेको थियो । बत्ती बालेर अरबका लागि खाना पस्के । “ल खाऊ” उनले भने । अरबले एक टुक्रा केक हातमा लियो । गाँस मुखभित्र हाल्नै लाग्दा ऊ अडियो ।
“अनि तपाईं चाहिँ खानुहुन्न त ?” उसले सोध्यो ।
“तिसी खाइसक न, म पछि खाउँला ।”
उसका बाक्ला ओठ अलिकति खुल्यो । अरबले अलि हिचकिचाउँदै केक खान थाल्यो । खाना खाइसकेपछि अरबले स्कुल मास्टरतिर हेर्यो ।
“तपाईं न्यायाधीश हो ?”
“अहँ हैन, मैले त खालि भोलिसम्मका लागि मात्रै तिमीलाई यहाँ राखेको । मसँगै किन खान खोजेको त तिमीले ?”
“भोक लागेर ।”
अरब चुप लाग्यो । दारु उठेर बाहिर गए । उनले गोठबाट फोल्डिड बेड लिएर आए अनि टेबुल र स्टोभको बिचमा आफूसितै ठाडो पारेर ओछ्यान लगाए कोठाको कुनामा ठडयाइराखेको एउटा ठुलो सुटकेसबाट दुईवटा कम्बल निकाले । अनि क्याम्प बेडमा ओछ्यान ठिक पारे । त्यसपछि आफ्नो ओछ्यानमा बसे । गर्नुपर्ने बाँकी काम केही थिएन । उनले अरबलाई हेरे ।
आवेशमा आउँदा अरबको अनुहार कस्तो हुँदो हो कल्पना गर्न खोजे तर उनले त्यसो गर्न सकेनन् । चम्किला काला आँखा र जनावरको जस्तो मुखबाहेक उसको अरू केही देखेनन् ।
“किन मार्यौ त तिमीले उसलाई ?” दारुको रुखो स्वरले अरबले मुन्टो फर्कायो ।
“ऊ भाग्यो, म पनि पछि पछि लागेँ ।”
उसले फेरि आँखा उठाएर दारुतिर हेर्यो । उसका आँखाहरू निकै उदास देखिन्थे । “अब उनीहरूले मलाई के गर्छन ?”
“किन डर लाग्यो ?”
ऊ अररो भो । आँखा अन्तै फर्कायो ।
“कुनै पछुतो छ तिमीलाई ?”
अरबले एक टकले वाल्ल परेर दारुलाई हेरिरह्यो ।
खासमा भन्ने हो भनै उसले कुरै बुझेन, दारुको चिन्ता झन् झन् बढ्दै गयो । यसैबिच दुईवटा बेडको बिचमा पल्टेको अरबको ठुलो शरीर देख्दा दारुले अप्ठ्यारो महसुस गरे । साथै सचेत पनि भए ।
“त्यहाँ सुत, तिम्रो ओछचान त्यही हो”, दारुले बेचैनीका साथ भने “अरब टसमस भएर” उसले दारुसित आग्रह गत्यौ ।
“भन्नुस् ।”
स्कुल मास्टरले अरबतिर हेरे ।
“ती प्रहरी अधिकृत भोलि पनि आउँछन् ?”
“अहँ ! मलाई थाहा छैन ।”
“उसो भए तपाईं जाने हो त मसित ?”
कैदी जुरुक्क उठ्यो अनि फेरि कम्बलमाथि लमतन्न परेर सुत्यो भयालपट्टि खुट्टो पारेर । बिजुली बत्तीको उज्यालो सिधै आँखामा परेकोले चिम्म गर्यो अरबले ।
“किन ?” ओछ्यानको छेउमा उभिएर दारुले सोधे ।
आँखै खालाजस्तो उज्यालोमा अरबले आँखा खोल्यो अनि दारुतिर हेर्यो आँखा झिमिक्कै नगरी ।
“मसितै जाऔँ न हुन्न ?” उसले भन्यो ।
आधा रात बितिसक्दा पनि दारु अझै निदाएका थिएनन् । भए जति लुगा फुकालेर सुत्न गएका थिए उनी । उनी प्रायः नाङ्गै सुत्थे, अकस्मात् आफू नाङ्गो छु भन्ने थाहा भएपछि उनलाई आफैँदैखि लाज लाग्यो । उनले आफूलाई असुरक्षित ठाने अनि फेरि लुगाप्रतिको मोह जाग्यो उनलाई । त्यसपछि कुम हल्लाए उनले । आखिरमा उनी बच्चा त थिएनन् यदि आवश्यक परे आफ्नो प्रतिद्वन्द्वीलाई टुक्य्राउन पनि सक्थे । ओछ्यानबाटै उनले अरबलाई ध्यान दिएर हेरे, चर्को उज्यालोमा आँखा चिम्म गरेर चलमल नगरी उत्तानो परेर सुतिरहेको थियो ऊ । दारुले बत्ती निभाउनेबित्तिकै अकस्मात् अन्धकारको साम्राज्य फैलियो । बिस्तारै बिस्तारै रात छिप्पिँदै गयो, झ्यालबाट बाहिर हेर्दा तारा रहित आकाश बिस्तारै जगमगाउन थाल्यो । स्कुल मास्टर झट्टै अरबलाई
झझझकाउन खुट्टामा सुमसुम्याए । अरब चलमलाएन । उसको आँखा चाहिँ अझै उघ्रेको देखियो । स्कुल वरिपिर सिरसिर हावा चल्दै थियो । सायद त्यसले बादल हटाउने छ अनि उज्याला सूर्य फेरि देखा पर्ने छ ।
राति हावा झन् जोडले चल्यो । कुखुराहरूले एकछिन पखेटा फटफट पारे, त्यसपछि चुप लागे । अरब दारूपट्टि ढाड पर्ने गरी कोल्टे फर्क्यो । आफूले गरेको बिलौना दारुले नसुनुन् भन्ठान्यो उसले । त्यसपछि दारुले पाहुनाले सास फेरेको ध्यान दिएर सुने । उसको स्वाँस्वाँ झन् झन् बढ्दै गयो, नियमित हुँदै गयो । अरबले सास फेरेको उनले झनै नजिकबाट सुने, खुब ध्यानस्थ भए, सुत्न जानै सकेनन् । यही कोठा हो जहाँ उनी एक वर्षदेखि एक्लै सुत्दै आएका थिए । अरबको आगमनले उनको टाउको दुखायो । उनलाई महसुस हुन थाल्यो । एक किसिमको भ्रातृत्वको भावना जबरजस्त थोपारिएको छ उनी माथि । तर उनी यो वर्तमान परिस्थितिमा त्यसलाई स्विकार्न सक्ने अवस्थामा पनि थिएनन् । त्यसैले स्विकारेनन् पनि । जो मान्छै एउटै कोठा बस्छन् चाहे तिनीहरू सिपाही हुन् या कैदी, सारा हातहतियार र पोसाक फालेर एक प्रकारको अनौठौ मित्रता गाँस्न पुग्छन् उनीहरू । जतिसुकै फरक विचार भए पनि हरेक साँझ तिनीहरूका बिचमा घनिष्ठता बढ्दै गयो । उनी काम्न थाले, उनलाई त्यस्तो चिन्तन मन परेन, सुत्नु आवश्यक थियो त्यति बेला ।
यद्यपि केही बेरपछि अरब अलि-अलि चलमलायो तर स्कुल मास्टर भने अझै निदाएका थिएनन् । जब कैदी दोस्रो चोटि चलमल गर्यो उनी डरले अररो भए, अलि होसियार भए । निद्रामा हिँड्ने रोग लागेको मान्छे जस्तो बिस्तारै पाखुरा उचाल्दै थियो अरब । उठेर ऊ ओछ्यानमा ठडिएर बस्यो । दारुतर्फ मुन्टो नफर्काईकन ऊ चलमल नगरी प्रतीक्षा गरिरह्यो । मानौँ ऊ बडो ध्यानपूर्वक केही कुरो सुन्दै थियो । दारु चलमलाएछ, उनले झल्याँस्स सम्झे, रिभल्भर अझै डेस्कको घर्रामै छ रिभल्बर समातेर तुरुन्तै केही गरिहालौँ जस्तो पनि नलागेको होइन उनलाई । अझै कैदीको गतिविधि अवलोकनमै व्यस्त थिए दारु, जसले उस्तै चिप्लो गतिमा खुट्टा भुँइमा पसार्यो । आलि बेर फेरि प्रतीक्षा गर्यो । त्यसपछि बिस्तारै उठ्ने जमर्को गर्यो । अरब निद्रामै उठेर हिड्ँनै लाग्दा दारुले उसलाई बोलाउनै खोजेका थिए । ऊ बडो स्वाभाविक तर असामान्य पाराले चुपचाप हिँड्न थाल्यो । क कोठाको पल्लो छेउको
ढोकातिर लम्क्यो, जुन गोठतिर खुल्ध्यो । बडो सुस्तरी उसले ढोकाको आग्लो सार्यो अनि बाहिर निस्क्यो । उसले ढोका ढकढकायो मात्रै, पूरै बन्द गरेन । दारु चलमलाएका थिएनन्, उनले यति मात्रै सोचे, अबर भाग्दैछ ।
अब बल्ल मुक्ति पाइने भो, अझै उनी ध्यानपूर्वक सुन्दै थिए, कुखुराहरूले पखेटा फटफटाएनन् । अतिथि उच्च समस्थलीमा चढेको हुनुपर्छ पक्कै पनि । पानीको मसिनो कलकल आवाज उनको कानमा पुग्यो । अरब ढोकामा नउभिउन्जेल केको आवाज हो ठम्याएनन् । सुस्तरी ढोका थुने चुपचाप ओछ्यानमा फर्क्यो अरब । त्यसपछि दारु अरबतिर पिठ्युँ फर्काएर निदाए । अझै गहिरो निद्रामा उनलाई स्कुलवरिपरि कसैले सुटुक्क पाइला चालेजस्तो लाग्थ्यो । “म सपना देख्दै छु, म सपना देख्दै छु ।” बर्बराउन थाले, अनि फेरि भुसुक्क निदाए ।
उनी निद्राबाट बिउझिँदा आकाश सफा थियो । खुला ढोकाबाट चिसो, ताजा हावाभित्र पस्यो । अरब निद्रामै थियो, कम्वलभित्र पोको परेको खुला पूरै चिन्तामुक्त । तर जब दारुले उसलाई झकझकाए ऊ झसङ्ग भो। कहिल्यै दारुलाई नदेखेजस्तो गरी उसले घुरेर हेर्यो । उसको मुखाकृतिले गर्दा स्कुल मास्टर पछि हट्न बाध्य भए । “डराउनु पर्दैन, म दारु, खाऊ खानुपर्छ तिमीले ।” अरबले स्वीकृतिसूचक टाउको हल्लायो, उसको मुहारमा शक्ति छाए पनि मुखाकृति भने शून्य र स्फूर्तिविहीन थियो । त्यसपछि दारुले अरबलाई टहरोमुनि लिएर गए अनि धारो देखाइदिए ।
कफी तयार थियो । दुवै जनाले सँगै सोफामा बसेर कफी पिए । त्यसको साथसाथै केकको टुक्रा पनि चपाए, जहाँ उनी नुहाइघुवाइ गर्थे । त्यसपछि उनी कोठामै फर्के कम्बललगायत अन्य ओढ्ने ओछ्याउने कोठा चिदिटक्क पारे । तत्पश्चात् कक्षा कोठा हुँदै बाहिर सिँढीमा उभिन पुगे, घाम झुल्किसकेको थियो । घामको किरणले परित्यक्त उच्च समस्थलीलाई स्नान गराउँदै थियो । डाँडाकाँडामा टाटो देखिने गरी हिउँ पग्लिँदैथ्यो । हिउँ पगिलिँदै जान थालेकाले ढुङ्गाहरू फेरि देखिन थाले । उच्च समस्थलीको डिलमा डल्लो परेर बसेका स्कूल मास्टरले परित्यक्त विस्तारित भूमितिर आँखा लगाए । बाल्दुसीलाई सम्झिन पुगे, उनीसित कहिल्यै सम्बन्ध राख्न नपरोस् भनेजस्तो गरी चोट पुग्याएका थिए उनले बाल्दुसीलाई । प्रहरी अधिकृतको त्यो अपमानजनक बिदाइ अझै उनको कानमा रन्किँदै थियो । किन हो उनले आफूलाई आश्चर्यजनक रूपमा रित्तो र कमजोर ठान्न थाले । यसैबिच स्कुलको अर्को छेउबाट कैदीले खोकेको सुनियो । कैदीको खोकी सुनेर रिसले चुर भएका दारुले फालेको रोडा हिउँमा डुब्नुअघि हावा सुइँय गर्यो । त्यो मान्छेको
मूरखताले उनलाई विद्रोह गर्न बाध्य बनायो तर उसलाई कसैको हातमा सुम्पिनु चाहिँ आफ्नो इज्जतको विरुद्ध हुन जान्थ्यो । यस्तो सोचाइले मात्रै पनि उनी अपमानबोधले झन् चनाखो भए । एकातिर उनले आफूकहाँ अरबलाई पठाउने आफ्नै मान्छे र अर्कातिर अरबलाई धिक्कारे जसले आफ्नै काकाको छारालाई मार्ने दुस्साहस चाहिँ गर्यो तर उम्किने बन्दोवस्त भने गरेन । दारु जुरुक्क उठे अनि सिँढीमा एक फन्को लगाए । हलचल नगरीकन पर्खे अनि त्यसपछि स्कुलतिरै फर्क ।
गोदामघरको सिमेन्टको भुइँमा निहुरिएर दुई औलाले दाँत माझ्दै थियो अरब । ऊतिर फर्केर दारुले भने “आऊ ।” कैदीको अघि अघि उनी कोठातिर फर्के उनले स्विटरमाथि सिकार खेल्दा लगाउने ज्याकेट भिरे, जुत्ता लगाए । अरबले अरबी बर्को लगाउन्जेल उभिएरै पर्खिबसे । दुवैजना कक्षाकोठाभित्र पसे अनि स्कुल मास्टरले बाहिर निस्किने बाटो देखाउँदै भने- “ल हिँड।” ऊ अडिग रह्यो, म पनि आउँदै छु । दारु फेरि कोठातिर फर्के अनि रोटी, चिनी र छोकडा पोको पारे । बाहिर निस्किनुअघि उनी कक्षाकोठाभित्र डेस्क अगाडि अलि बेर घोरिए, त्यसपछि सँघार नाघेर ढोका बन्द गरे । “बाटो त्यही हो”- उनले भने । उनले पूर्वतर्फको बाटो समाते, कैदी पछि पछि लाग्यो । तर स्कूलबाट अलि पर पुग्न नपाउँदै कतै पछाडिबाट आएको मधुरो आवाज सुने दारुले । उनले पिछा गरे, स्कुल वरिपिर अवलोकन गर्दा त्यहाँ उनले अरू कसैलाई पनि देखेनन् । अरब वाल्ल परेर उनलाई हेरिराखेको थियो ।
एक घन्टा जति हिँडेपछि उनीहरू चुनढुङ्गाको टुप्पामा बसेर आलि बेर थकाइ मारे । हिउँ छिटो-छिटो पग्लिँदै थियो भने चर्को घामले गर्दा सडकका खाल्डाखुल्डीमा जमेको पानी सुक्दै थियो । उच्चसमस्थली तीव्र गतिमा सफा देखिँदै थियो अनि क्रमशः सुक्दै गयो अनि हावाजस्तै तलमाथि हल्लिन थाल्यो । बेला बेलामा एउटा चरो उनीहरूकै अगाडि आएर चिरबिर-चिरबिर गर्न थाल्यो । बिहानीपखको ताजा हावामा लामो सास फेरे दारुले । परिचित विशाल फाँटसामु उभिन पाउँदा परम-आनन्दको अनुभूति भो उनलाई जुन विशाल फाँट यति बेला निलो आकाशको छानोमुनि पहेँलपुर देखिन्थ्यो । थुम्का-थुम्का परेको डाँडामा पुगे उनीहरू । त्यहाँबाट उच्चसमस्थली पूर्वतर्फको होचो मैदानतिर भिरालो हुँदै गएको थियो जहाँ सिन्का जस्ता मसिना रुखहरू देखिन्थे भने दक्षिणतर्फ जमिनमुनि दबिएर बसेका चट्टानको तहले एउटा अस्तव्यस्त भू-दृश्यको सङ्केत गर्थ्यो ।
दारुले दुबै दिशातिर नजर दौडाए । क्षितिजमा आकाश मात्रै देखियो, एउटा पनि मानव देखिएन, उनी अरबतिर फर्कै । अरब उनैलाई जिल्ल परेर हेरिरहेको थियो ।
पोको अरबतिर फैलाउँदै उनले भने- “ल, यो पोको राख, यसमा छोकडा, रोटी र चिनी छ । दुई दिनलाई पुग्छ तिमीलाई । ल यो एक हजार फ्य्राङ्क पनि राख ।” उसले पैसा र पोको दुवै समात्यो तर छातीमा हात राख्यो, मानौँ आफूलाई दिएको चिजले के गर्ने उसलाई थाहा थिएन । हेर, पूर्वी दिशातर्फ औँल्याउँदै दारुले भने- “यो तिङ्गुइत जाने बाटो हौ । दुई घन्टा हिँड्नुपर्छ तिमीले । तिङ्गुइतमा प्रशासन र प्रहरीसित तिम्रो भेट हुने छ। उनीहरू तिम्रै प्रतीक्षामा छन् ।” अरब पूर्वतर्फ फर्क्यो । पोको र पैसा अझै छातीमा टाँसिराखेको थियो उसले । दारुले अलि अभद्र तरिकाले उसको कुइनो समाते अनि दक्षिणतर्फ मुन्टो फर्काइदिए । उकालोको फेद जहाँ उनीहरू उभिएका थिए, त्यहाँ सानो गोरेटो देखिन्थ्यो । उच्च समस्थलीतिर जाने बाटो त्यही हो । एक दिनको बाटो हिँडेपछि तिमी चरनक्षेत्रमा पुग्ने छौ र पहिलो फिरन्तेलाई भैट्ने छौ । तिनीहरूको आफ्नो चलन भनौँ या नियमानुसार तिमीलाई बास दिने छन् । अरब दारुतिर फर्क्यो, उसको मुहारमा एक खालको आतङ्क देखिन्थ्यो । “मेरो कुरा त सुन्नुस् कमसेकम” उसले भन्यो । दारुले मुन्टो हल्लाउँदै भने- “चुप लाग, म तिमीलाई एक्लै छाडेर जाँदै छु ।” अरबतिर पिठ्युँ फर्काएर स्कुलतर्फ दुई पाइला हिँडेपछि अलि हिचकिचाउँदै ठिङ्ग उभिइराखेको अरबलाई फर्केर हेरे अनि फेरि आफ्नो बाटो लागे । अलि बेरसम्म उनले चिसो भुइँमा आफ्नै पाइलाको आवाजबाहेक अरू केही सुनेनन्, पछाडि फर्केर पनि हेरेनन् ।
तथापि एकछिनपछि उनले पछाडि फर्केर हेरै । अरब अझै पहाडको डिलमा उभिएर हात तल झारेर स्कुल मास्टरतिरै हेरिरहेको थियो । घाँटिमा केही आएर अड्केजस्तो महसुस गरे । दारुले बडो व्यग्रताका साथ कसम खाए । अस्पष्टसित हात हल्लाए अनि आफ्नो यात्रा जारी राखे । उभिएर पछाडि फर्केर हेर्दा उनी अलि परै पुगिसकेका थिए । पहाडमा कोही पनि देखिएन ।
दारु द्विविधामा परे, घाम निकै चर्किसकेकाले टाउकै फुट्लाजस्तो गर्मी भएको थियो । स्कुल मास्टर सुरुमा दोमन दोमन गर्दै, पछि दृढताका साथ पछाडि फर्के । सानो थुम्कोमा पुग्दा उनी त्यस थुम्कोमाथि चढे अनि अडिए, स्वाँस्वाँ गर्दै थिए टुप्पामा पुग्दा । दक्षिणतर्फको पोखरी निलो आकाशमुनि ढसमस्स खडा थियो । तर पूर्वतर्फको मैदानमा हपहप गर्मी थियो । अनि त्यही द्विविधाका बिच दारुले गह्रौँ मुटुसित, अन्ततः अरबले जेलकै बाटो तताएको देखे ।
केही बेरपछि कक्षाकोठाको झ्यालसामु उभिएर स्कुल मास्टरले उच्च समस्थलीको पूरै सतह उज्यालोमा स्नान गरिरहेको दृश्य हेरिरहेका थिए, तर प्रस्ट देख्न भने सकेनन् । उनको पछाडिको कालोपाटिमा नागबेली परेको फ्रान्सको नदीहरूमाझ चकले लेखेको छन्द न बन्दको अक्षर उनले पढ्न भ्याए । “तिमीले हाम्रो बन्धुलार्इ सुपुर्द गर्यौ, ठिक छ, तिमीले यसको मूल्य चुकाउनैपर्छ ।” आकाशतिर उच्च समस्थलीतिर आँखा दौडाए दारुले, अझ त्यो भन्दा पनि पर आँखाले नभ्याउने भूभागहरू समुद्रसम्म फैलिएका थिए । जे जति प्रेम गर्नुपर्ने हो, यसै विशाल भू-दृश्यमाथि गरेका थिए उनले, यति बेला उनी एक्लै थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

