प्रख्यात पुस्तक शृङ्खला १
जेसन ज्वाइग
ग्राहम अहिलेसम्मकै उम्दा लगानीकर्ता मात्र थिएनन्, उनी अलिहेसम्मकै सबैभन्दा महान् व्यवहारिक लगानीसम्बन्धी विचारक पनि थिए । ग्राहमभन्दा पहिले, सम्पत्ति लगानी प्रबन्धक केही हदसम्म मध्यकालका श्रेणी (गिल्ड)ले जस्तै व्यवहार गर्थे । अधिकांशतः उनीहरू अन्धविश्वसाी हुन्थे, अनुमानको भरमा काम गर्थे । रहस्यमय संस्कारद्वारा निर्देशित थिए । ग्राहमको सेक्युरिटी एनालिसिस (डेभिड डाडका साथ लेखिएको र १९३४ मा पहिलो प्रकाशित गरिएको) पुस्तकले ती सारा पुराना मण्डलीलाई आधुनिक लगानीकर्तामा परिवर्तित गरिदियो ।
र, इन्टेलिजेन्ट इन्भेस्टर त्यस्तो पहिलो पुस्तक हो, जसले व्यक्तिगत लगानीकर्तालाई त्यस्तो भावनात्मक ढाँचा र विश्लेषणात्मक साधनका बारेमा बतायो, जुन वित्तीय सफलताका लागि अति आवश्यक हुन्छ । यो लगानीमाथि आम जनताका लागि लेखिएको सर्वश्रेष्ठ पुस्तक हो । इन्टेलिजेन्ट इन्भेस्टर त्यही पुस्तक हो, जो मैले सन् १९८७ मा फोर्ब्स पत्रिकामा एउटा सिकारु पत्रकारका रुपमा काम पाएपछि सबैभन्दा पहिले पढेको थिएँ । र, म ग्राहमको सत्यता देखेर चकित भएको थिएँ । उकालो चढेको सबै बजार कमोबेस नराम्रो अवस्थामा नै बन्द हुने गर्छ । त्यही बेला अक्टोबरमा अमेरिकी सेयर इतिहासमा सबैभन्दा नराम्रो एक दिने गिरावट देखियो र म सम्मोहित थिएँ । (आज १९९० को दशकको बेलगाम तीव्र बजार तथा सन् २००० को शुरुवातमा बबल बर्स्ट पछि इन्टेलिजेन्ट इन्भेस्टरलाई अझ बढी भविष्यसूचकका रुपमा पढ्न थालिएको छ ।)
ग्राहमले यो सुझबुझलाइ धेरै अप्ठेरा सहेर कमाएका थिएः उनले सिधा रुपमा वित्तीय हानिको पीडा सहनु पर्यो । दशकौँसम्म बजार इतिहास वा मानसिकताको अध्ययन गर्नुपर्यो । उनको जन्म मे ९, १८९४ मा लन्डनमा बेन्जामिन ग्रासबामको नाममा भएको थियो । उनका पिता चिनियाँ माटोका भाँडा र मूर्तिको व्यापर गर्थे । (ग्रासबाम परिवारले पहिलो विश्वयुद्धको बेला आफ्नो नाम परिवर्तन गरी ग्राहम राखेका थिए । खासमा त्यो बेला जर्मनजस्तो देखिने नामलाई शंकालु नजरले हेर्ने गरिन्थ्यो ।) जब बेन एक वर्षका भए, उनको परिवार न्यु योर्क आयो । शुरुमा उनीहरूले भव्य जीवन बिताए । अपर फिफ्थ एभेन्युस्थित घरमा उनीहरूका तीन जना नोकर–नोकर्नी थिए । एउटी भान्से, एउटी गभर्नेस (बालबालिका हेर्ने) तथा एउटी घरको काम सघाउने नोकर्नी थिए ।
बेनका बुवाको सन् १९०३ मा निधन भयो । बुवाको मृत्युसँगै उनीहरुको चिनियाँ माटोबाट बनाइने भाँडोको व्यापार पनि डुब्न थाल्यो र परिवार बिस्तारै गरिबीको गर्तमा जाकियो । बेनकी आमाले आफ्नो घरलाई बोर्डिङ हाउस बनाइन् । त्यसपछि शेयर कारोबारका लागि उनले ‘मार्जिन ऋण’ लिइन् । तर दुर्भाग्य सन् १९०७ को सेयर बजार क्र्यास हुँदा बचेखुचेको सम्पत्ति पनि स्वाहा भयो । यसपछिका समयमा बेनले अनेकन् अपमान झेल्नु प-यो । उनले आमाको ऋण तिर्न भनेर जब बैंकमा जान्थे, बैंक टेलरले ‘डोरोथी ग्रासबामको मूल्य पाँच डलर मात्र हो ?’ भनेर तिखा वचन हान्थे ।
सौभाग्यले ग्राहमले कोलम्बिया विश्वविद्यालयमा पढ्न स्कलरसीप पाए । त्यहाँ उनको प्रतिभा पूर्णरुपमा फक्रियो । उनी १९१४ मा आफ्नो कक्षामा दोस्रो स्थान ल्याएर स्नातक उपाधि पाए । ग्राहमको अन्तिम सेमेस्टरभन्दा पहिले नै तीन विभाग, अंग्रेजी, दर्शन तथा गणितले उनलाई आफूकहाँ पढाउने प्रस्ताव राखे । त्यो बेला उनको उमेर जम्मा २० वर्षको थियो ।
ग्राहमले पढाउने भन्दा पनि आफ्नो ठाउँ शेयरबजारको कारोबार हुने वाल स्ट्रिटमा भएको देखे । उनले यसपछि बोन्ड ट्रेडिङ फर्ममा क्लर्कको काम शुरु गरे । चाँडै नै उनले विश्लेषकका रुपमा आफ्नो प्रतिभा देखाए । त्यसपछि उनी त्यही कम्पनीमा सहलगानीकर्ता बने । थोरै समयमा नै उनले आफ्नो नयाँ पार्टनरसीप लगानीकर्ता कम्पनी चलाउन थाले ।
इन्टरनेटको उदय र पतनबाट ग्राहमलाई पक्कै उदेक लाग्दैनथ्यो होला । अप्रिल १९१९ मा उनले कारको व्यापारमा हात हाले । उनले सेवोल्ड टायरको एक दिनको कारोबारबाट २५० प्रतिशत रिटर्न कमाएका थिए । अक्टोबरसम्म कम्पनी त फर्जी रहेछ भन्ने थाहा पाए र उनको सेयरको भाउ माटो बराबर बन्न पुग्यो ।
ग्राहम सेयरहरुको सूक्ष्म अध्ययन गर्थे । लगभग आणविक विवरण अनुसन्धानमा उनी पोख्त भइसकेका थिए । सन् १९२५ मा युएस इन्टरस्टेट कमर्स कमिसनको तेल पाइपलाइनका बारेमा आएको अस्पष्ट रिपोर्टहरुबाट उनलाई नर्दन पाइप लाइन कम्पनीमा उनले ठूलो फाइदा लिए । त्यो बेला ६५ डलर प्रति शेयर यसको किनबेच भइरहेको थियो । उनीसँग हाइ क्वालिटीका बोन्ड थिए । ती कम्तीमा पनि ८० डलर प्रति शेयरका हिसाबका थिए । (उनले ती स्टक किने । त्यस कमपनीका व्यवस्थापकहरुलाई लाभांश बढाउन पटक पटक बाध्य पारे । तीन वर्षमै लाभांश ११० डलर प्रतिशेयर कमाए ।)
१९२९ देखि १९३२ को ग्रेट क्र्यासका बेला उनले आफ्नो लगानीको ७० प्रतिशत रकम गुमाए तापनि ग्राहमले तीव्र रुपमा शेयर बजार क्र्यास हुँदा पनि किनबेचको लाभ लिएर उनी त्यसबाट हुने दुष्परिणामहरुबाट बचे । उनलाई यसले समृद्ध बनायो । ग्राहमभन्दा पहिलेको रेकर्ड कतै पाइँदैन तर १९३६ देखि १९५६ सम्म उनले अवकाश लिउञ्जेलसमम उनको ग्राहम न्युमेन कर्पले वार्षिक १४.७ प्रतिशत नाफा कमाएको थियो । त्यसको तुलनामा शेयर बजारको वार्षिक मुनाफा कुल १२.२ प्रतिशत मात्र थियो । जुन वाल स्ट्रिटको इतिहासको सर्वोत्तम दीर्घ आवधिक ट्र्याक रेकर्ड थियो ।
(ग्राहक–न्यु मेन कर्प एउटा खुला म्युचुअल फन्ड थियो । यो फन्डलाई ग्राहम, जेरोम न्युमेन दुवैले साझेदारीमा चलाएका थिए । न्युमेन स्वयं एक कुशल लगानीकर्ता थिए । यसमा नयाँ लगानीकर्ताहरुलाई ल्याइँदैनथ्यो । पुरानै लगानीकर्ताका पैसाले यो सञ्चालन गर्ने गरिन्थ्यो ।)
ग्राहमले यस्तो कसरी गरे ? आफ्नो साधारण दिमागी कसरतलाइ उनले गहन सामान्य बुझाइ तथा विस्तृत अनुभवका साथ जोडेर आफ्नो मूल सिद्धान्तलाई विकसित गरे । ती सिद्धान्त जति पहिले उनको जीवनकालमा कामलाग्दा थिए, अहिले पनि उत्तिकै कामलाग्दा छन्ः
● स्कट केवल टिकर सङ्केत या इलेक्ट्रिनिक ब्लिप मात्र होइन, यो त वास्तविक स्वामित्वयुक्त व्यापार हो । यसको आधारभूत मूल्य यसको शेयरको मूल्यमा निर्भर हुँदैन ।
● बजार एउटा पेन्डुलमजस्तो हुन्छ । जसले सधैँ नटिक्ने आशावाद (जसबाट सेयर महँगो हुन्छ) र अन्यायपूर्ण निराशावाद (जसले यसलार्य अत्यधिक सस्तो बनाउँछ) को बीच हल्लिरहन्छ । इन्टेलिजेन्ट इन्भेस्टर यस्तो यथार्थवादी हुन्छ, जो आशावादीहरुलाई बेच्छ र निराशावादीहरुबाट किन्छ ।
● कुनै पनि लगानीकर्ताको भावि मूल्य उसको वर्तमान भावको फल हो । तपाईं जति बढी भाउ दिनुहुन्छ, तपाईंको रिटर्न उति नै घट्नेछ ।
● तपाईं चाहे जतिसुकै सावधान हुनुहोस्, एउटा जोखिम सधैँ हुन्छ, जसबाट लगानीकर्ता कहिल्यै जोगिदैनन् । अर्थात् गलत हुने जोखिम । यसका लागि तपाईंले ग्राहमको ‘मार्जिन अफ सेफ्टी’मा रहनु पर्छ । जसले कहिले पनि बढी मूल्य लगाउँदैन । लगानी जतिसुकै उत्साहवर्द्धक किन नहोस्, यसलाई तपाईं आफैँले आफ्नो गल्तीलाई न्यूनस्तरमा झार्न सक्नुहुन्छ ।
● तपाईंको वित्तीय सफलताको रहस्य तपाईं आफूभित्रै छ । तपाईं आलोचनात्मक विचारक बन्नुभयो भने जो वाल स्ट्रिटको कुनै पनि तथ्यमा आस्था राख्दैन र तपाईं पूरै धैर्यपूर्ण विश्वासका साथ लगानी गर्नुहुन्छ, त्यस्तो अवस्थामा तपाईं खराब मन्दीको बजारमा पनि स्थिर रूपमा प्रगति गर्न सक्नुहुन्छ । आफ्नो अनुशासन र साहस उत्पन्न गर्न तपाईं अरुको मूड परिवर्तन र आफ्नो वित्तीय भाग्य बन्नबाट रोक्न सक्नुहुन्छ । अन्त्यमा तपाईं आफ्नो लगानीले कस्तो व्यवहार गरिरहेको छ, त्योभन्दा बढी आफू कस्तो व्यवहार गरिरहनु भएको छ भन्ने हेर्न जरुरी हुन्छ ।
मैले ग्राहमको यो मास्टरपिस पहिलो पटक या तेस्रो या चौथो पटक पढ्दा पनि तपाईंको उत्साह रहिरहन्छ । यो पुस्तक एक पटक होइन, पटक पटक पढ्ने पुस्तक हो ।अन्य सबै उत्कृष्ट कृतिहरूजस्तै यो पनि संसारलाई हेर्ने हाम्रो तरिकालाई नै बदलिदिन्छ र हामीलाई शिक्षित गर्दै यसलाई नवीकरण पनि गरिरहेको हुन्छ । तपाईंले यसलाई जति बढी पढ्नुहुन्छ, उति नै राम्रोसँग बुझ्न थाल्नु हुनेछ । ग्राहमलाई आफ्नो मार्गदर्शक बनाएर तपाईं अझ बढी इन्टेलिजेन्ट इन्भेस्टर बन्ने निश्चित छ ।
(द इन्टेलिजेन्ट इन्भेस्टर पुस्तकको परिचय खण्डको यो अनुवाद अच्युत कोइरालाले गर्नुभएको हो ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।