
एलेक्सी पिसेम्स्की एक रूसी चित्रकार हुन् । १८५९ मा जन्मिएका उनी ग्राफिक आर्टिस्ट र जलरङ चित्रकारिता गर्थे । तर दुःखको कुरा उनको जीवनभर उनी चर्चित हुन सकेनन् । उनको निधनको कयौँ वर्षपछि पनि उनका कामको उति सराहना हुन सकेन । उनको निधन १९१३ मा हुँदा पनि धेरैले उनका कामका बारेमा थाहा पाएका थिएनन् ।
त्यसो त चित्रकारिताका लागि उनको सानैदेखि रूचि भएकाले सन् १८७८ मा उनी चित्रकारिता पढ्न सेन्ट पिटर्सबर्गको एकेडेमी अफ आर्ट्समा यत्तिका लागि पुगेका थिए कि उनलाई अन्य पढाइमा रूचि थिएन ।
त्यहाँ पढ्दा भने उनको अध्ययनले गति पक्डियो । सन् १८८० देखि १८८५ को अवधिमा पाँच रजत पदकसमेत प्राप्त गरेका थिए । त्यहाँ उनलाई यु यु क्लेभर र एमके क्लडसँग कला शिक्षा प्राप्त गरेका थिए । १९८७ मा उनले स्नातक सकेपछि उनले आफ्नो कलाप्रेमलाई ल्यान्डस्केपतर्फ ढल्काए । आज हामी उनका ल्यान्डस्केपहरू अवलोकन गर्नेछौँ र कम चर्चामा रहेका तर उत्तिकै प्रभावशाली यी कलाकारका कलाको सम्मान गर्नेछौँः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
