कसको रगत उम्लिदैन ? को मान्छे क्रुर हुँदैन ?
देशभन्दा पनि महङ्गो प्रियाको सिन्दुर हुँदैन

तिमीलाई अरु कसैको आँसुले पोल्यो होला
मेरो आँखामा हुर्किएको आँसु निष्ठुर हुँदैन

आगो छुवाउने मीठो तरिका पो रहेछ प्रेम,
सोझै आगो छुन कोही पनि त मन्जुर हुँदैन

बाध्यताले निस्किएको हुँ तिम्रो दिलबाट
घर छोडेर हिँड्न कुनै मान्छे आतुर हुँदैन

मेरो नजरमा माया मार्नु पनि अपराध हो
हुन त यहाँ मान्छे मार्नु पनि कसुर हुँदैन ।