मूल लेखकः मार्क ट्वेन
नेपाली अनुवादः योगप्रसाद उपाध्याय चापागाईं
असल साना केटीहरूले सानो रिसले आफ्ना शिक्षकहरूलाई मुख छोडनु हुँदैन । प्रतिशोधात्मक भावनाको प्रयोग असाधारण रूपमा बढ्दो परिस्थितिमा मात्र गर्नु पर्छ ।
यदि आफूसँग भुसले भरिएको एक पुतली (खेलौना) बाहेक अरु केही छैन तर आफ्नो भाग्यशाली साथीसँग महँगो चाइना पुतली छ, र पनि आफूले नम्र व्यवहार गर्नुपर्छ । र, आफ्नो पुतलीसँग जबरजस्ती उसको पुतली साट्ने प्रयास गर्नु हुँदैन जबसम्म तिम्रो आफ्नो विवेकले आफूलाई सो कार्यमा न्यायोचित ठहराउँदैन, र आफूलाई थाहा हुनु पर्छ कि म त्यसो गर्न सक्षम छु ।
तिमीले आफ्नो सानो भाइको च्युइङगम उसबाट बल प्रयोग खोस्नु हुँदैन । पहिले उसलाई खोलाको ढुङ्गामा तैरिरहेको साढे दुई डलर दिने छ्यौ भनी प्रलोभन दिनु राम्रो हुनेछ । जीवनको यस समयमा स्पष्टताका साथ उसले यसलाई पूर्णरूपमा निष्पक्ष लेनदेन मान्ने छ । विश्वको इतिहासमा, यो राम्रो विश्वासयोग्य लाग्ने कल्पनाले बच्चाहरूलाई आर्थिक विनाश र संकटको खाडलमा पुर्याएको छ ।
यदि कुनै अवसरमा तिमीले आफ्नो भाइलाई सही बाटोमा ल्याउन आवश्यक छ भने, फोहोर माटो प्रयोग नगर्नु – कहिल्यै, कुनै पनि हालतमा, उसलाई फोहर माटो फ्याँक्नाले उसको लुगा बिग्रन सक्छ । त्यसलाई अलिकति तातो पानी छ्यापिदिनु राम्रो हुन्छ, किनभने त्यसपछि तिमीले इच्छित परिणाम पाउने छ्यौ । तिमीले उस्को दिमागमा बसाल्न चाहेको शिक्षामा उसको तत्काल ध्यान जाने छ, र तिमीले उस्को व्यक्तित्वबाट गलतहरू हटाईदिने छ्यौ, र सायद तातो पानीले उस्को छालाबाट पनि भद्दा दाग हटाई दिने छ ।
यदि तिम्री आमाले तिमीलाई केहि गर्न भनिन् भने, तिमीले गर्दिन भन्ने जवाफ दिनु बिल्कुल गलत हुन्छ । उनलाई भन्नु उचित हुनेछ कि तिमीले उनको आदेश अनुसार काम गर्ने छ्यौ, र त्यसपछि चुपचाप लागेर आफ्नो काम गर्नु जुन तिम्रो अन्तस्करणको उत्तम निर्णयले बताउँछ ।
तिमीले सधैं यो कुरा मनमा राख्नु पर्छ, तिमीलाई आफ्ना दयालु आमाबाबुले खाना खुवाउन चाहन्छन्, र तिमी आफु बिरामी भएको बहानाको सट्टा तिमीलाई स्कूल पठाउने विशेषाधिकारको लागि पनि । त्यसकारण तिमीले उनिहरूका सानासाना आग्रहहरूलाई पनि आदर गर्नुपर्छ, र उनिहरूको सानातिना इच्छाहरू समेत पुरा गरिदिनु पर्छ, र उनीहरूले तिमीलाई जित्न नपाउन्जेलि उनिहरूको सानासाना कमजोरीहरूलाई पनि सहनु पर्छ ।
राम्रा साना केटीहरूले सधैं ठूला मानिसहरूलाई विशेष सम्मान देखाउँछन् । तिमीले ठूला मानिसहरूलाई अपमानजनक रूपमा जवाफ दिनु हुँदैन, जबसम्म उनिहरू पहिले तिमीसँग तिम्रो अपमानहुन सक्ने कुरा बोल्दैनन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।