साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

सुरेश जोशी

जोशीका दुई कविता

जुका पुस्तौदेखिको निरन्तर संवेदनाहीन टोकाइले अचेत भएको म भावशून्य भएको छु जुका प्रकृतिका द्रव्य पिचासका अगाडि कसाईको बाख्राजस्तो दिन फेरिएलान् भन्ने आसमा टोकाइ सहेरै जुग बित्यो "बा" को र मेरो हाम्रा चीत्कारयुक्त…

कविताः प्रेममा संदेह

गोधुली साँझ उन्मुक्त हाँसो प्रेमिल भावनाले जोडेको सम्बन्ध असफल भई भाँच्चिएको मनले निष्ठुरताको पराकाष्ठा भोग निस्तेज छन् आँखा प्रेमको सम्बन्ध पैसासँग जोख्न खोज्दा तुलाको असन्तुलन बढी भइदिँदा ढक कति थप्ने भन्ने कुराले…

नारी दिवस विशेष कविताः आत्मनिर्भर बनाैँ

आत्मनिर्भर महिलामाथि कमै अत्याचार जो छन् आश्रित तिनी पिडित गरौँ है विचार । समाजमा विभेद गर्ने अर्थ रैछ ठूलो समृद्धिले शान्ति ल्याउँछ बुझी राखौँ कुरो । धेरै भए अधिकारका कुरा मात्रै ठूला स्वावलम्बी बनाउन केही छैनन् कुरा ।…

कविताः कर्म, फल र भाग्य

गीताले भन्यो कर्म गर फलको आशा नगर म किंमकर्तव्यविमूढ भएँ कस्तो कर्म गर्नु ? जसबाट फल प्राप्त हुन्न परिणाम नै नआउने कर्म पनि होला र ? अहं कर्म पछिको फल अवश्यम्भावी छ कसरी फल नपाइनु त्यसैले फल आउनु र पाउनुमा भेद रहेछ आउनु र…

कविताः दशैँको शुभकामना

आयो शरदको आनन्द लिई दिलमा महान बडा दशैँ । प्रशन्नता शान्ति छाओस् मनमा भागून पीडा सब कसै ।। सम्वृद्धि सुस्वास्थ्य र शान्तिको डेरा जमोस् सृष्टिमा । न्याय, समानता र सद्भाव जनको झल्किरहोस् दृष्टिमा ।। पूजनीय हुन् मातृशक्ति जगकी यही…

समाजवादको प्रतीक्षा

समाजवाद आउने प्रतीक्षामा मेरा जिजुबुवा बा र मैले प्रतीक्षा गर्दागर्दै आफ्ना लालाबालाका मुखमा माड लाउन मुग्लान भासिने बाध्यतात्मक जिन्दगीको निरन्तरता स्वरुप मेरो छोरो मुगलान भासिनेहरुको लाइनमा उभिएको छ पोहर मल नपाएर अधियाँको खेतमा…

हार्दिक श्रदाञ्जली कविवर

उदायौ अति चम्किलो देह लिई, धर्ती उज्यालो भयो । अस्तायौ तिमी नवीन देह लिन, युग नै अँध्यारो भयो ।। कृति अम्मर छ्न् ती तिम्रा सृजना, सारै ओजिला पनि । पार्थिव शरीर बिलाए पनि तिम्रो त्यो, कतै बिलाउन्नौ तिमी ।। जन्मिन्छ्न हजार दिनमा, त्यसतै…

के गर्न सक्छु र म

सुकिला मुकिलाहरुको रजाईं चलेको बेला पाखुरा सुर्क्याउँदै विचार दबाएर विधिको होइन, बलको शासन चलेको देख्दा फगत तिमीलाई सम्झनुसिबाय के गर्न सक्छु र म ! तिमीले देखाएको बाटो तिम्रै औँला समातेर टुकुटुकु हिँड्न सिकेकाले बिर्सेका बेला…

श्रममा भेदभाव नगरौँ

मान राख्छ कर्मको जसले नित्यनै कर्म गर्दछ । कर्मवीर ठूलो बनि बसुन्धरा ऊ भोग्दछ ।। जो गर्छ कामलाई हेला ठूलो र मसिनो भनी दुर्गती निश्चित हुन्छ भासिन्छ दरिद्री बनी ।। हुँदैन प्रगती कहिलै अल्छी र कामचोरको । देखिएन सुखद कहिलै गर्दैनन्…

पूर्वीय दर्शन चेत

फैलाऊ अब चेत विश्वभरिमा पूर्वीय संस्कृतिको कस्तो अमृतपान हुनेछ सजिलै आधार समृद्धिको खोजेथे अति कष्ट सहन गरी पुर्खा तपस्वी थिए कस्तो अमूल्य ज्ञान बटुली हामीलाई उपहारै दिए। भाषा जीवनको प्राणसरी हो संस्कृत नै उत्तम छोड्यौ चटक्क…