म त असाध्यै कमजोर छु
औषधि पनि त जोखेर मात्र खान्छु
तिमी अञ्जुलीको बोक्रा देखाउँछौ
जो विषले भरिएको प्याला जस्तो छ
इच्छा त यहि थियो
कृपया ममा तिमी प्रतिको भ्रम टुट्न नदेऊ
टुट्यो भने
कठै विडम्बना
मानिसलाई नै सत्तो-सराप गर्न…
एक्कासी ऊ आगो भयो । अझ भनौं ऊ आफैंले आफूलाई हुर्हुरी बलेको अनुभव गर्यो । कार्यालयमा पुरै सन्नाटा छायो । ऊ गर्जियो- `म कसैको गुलाम भएर जागीर खान आएको होइन, अफिस यो पाराले चल्दैन, यसको छिनोफानो हाकिमले गर्नुपर्छ ।´ यसो भनिरहँदा ऊ आफूले…
श्रवणकुमार ढुंगाना
तिमी जाऊ नसोधी, तिम्रो मनले जहाँ पाइला पुर्याऊ भन्छ
आफ्नै श्वासलाई त खुसी मनले कस्ले पो `छोडिजाऊ´ भन्छ?
हार जीत जस्तै, जीत हार जस्तै, यो त प्रीतको खेल न हो!
कुरा त गर्दै गरौंला, मन आज आफ्नो धड्कन…
जब तिमी रोयौ
मुस्कुराइरहेका फूलका पत्रहरूमा खसे
ती तिम्रा खुशीका आँसु थिए ।
जब तिमी रोयौनिर्जन पहराका छातीमा, टुक्रिएका मन जस्ता
टुक्रिएका चट्टानका अंशहरूमा
गुलाफका काँडाहरूमा
शुष्क नदीका डोबहरूमा खसे
ती तिम्रा दु:खका आँसु थिए।…
र त्यो सम्पन्नता केहि दिन मै सकियो । ममा जरा थिएन । संस्कारको जरा । त्यो बोटको फलजस्तो थिएन । त्यो त सोकेसको सुनजस्तो थियो, सकियो । तिमीले ठिक भनेका थियौ, ऊ संस्कारले महाराज भएको थिएन । ऊ त आफ्नो छुद्रता, संस्कारहीनता र दम्भले महाराज…
जस्तो
पापीहरू पनि मन्दिर जान्छन्
आफै भित्र भरीएको पापको घडालाई
अरूकै पापको बोझ ठान्छन्
र माग्छन् पापीहरूबाट मुक्ति!
जस्तो
पिपासुहरू पनि मुजरा सुन्छन्
बेदनाले भरिएका निश्वासहरू
मनोरम्य उच्छ्वासका साथ
र किन्छन् सबैभन्दा द्रवित…
बुझेँ महाराज हजुरलाई संस्कारले नलजाउनू भनेको छ।
मलाई त लाज नभएकासँग वहस नचलाउनू भनेको छ।
हजुरको चटक, हजुरको नाटक, हजुर आफैँ मुग्ध कति!
आभास मिल्छ अति कुम्ल्याउनू बरु गन्हाउनू भनेको छ।
कार्यालय-वेश्यालयको भेद नबुझ्ने…