कविता- वास्तविक प्रेम
तिमी पऱ्यौ पहाडकी
म परेँ तराईको
भूगोल फरक छ ।
तिमी गर्छौ उकालीओराली
म हिँड्छु सम्म बाटो
सोच फरक छ ।
तिमी भर्छ्यौ मानोपाथी
म जोख्छु ढकतराजु
व्यवहार फरक छ ।
तिमी खान्छौ अमिलो
म चपाउँछु पान
आदत फरक छ ।
तिमी छौ…