साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

शिव पलाँस

अर्थ खोजिरहेका कालजयी शब्दहरू

जस्तो, अनायसै ओठमा बास खोज्दै आउँछन् । तिनलाई अतिथि बनेर कुनै साँझ भई आउनुपर्दैन । समयको साथ भए उत्तम । मौसमले माहोल बनाए झनै खूब । हृदयमा केही उठोस् र ओठमा गुनगुन गर्दै शब्दहरु नाच्न थाल्छन् भने त्यो गीत हो । गीत हुनका लागि यी अनिवार्य…

स्वादिला बालकविता; शृङ्खला – १७

१. मकैबारीमा ... -  शान्ति सापकोटा आमासित आएँ म मकै बारीमा झन्डै तल झरेको सिस्नो घारीमा कुटो थियो साथमा टेकेँ समाएँ जसोतसो बारीमा पुगेँ रमाएँ   मैले मकै छरेको बोट भएछन् बोटसँग झार पनि हुँदा रहेछन् मकैलाई खाने…

भ्यु-टावर अर्थात् विकासको नमूना

हेर्नूस्, भ्यु-टावरको विरोध गर्नेहरू जम्मै विकास विरोधी मान्छे हुन् । समृद्धिका बाधक हुन् । विरोधको स्वर चर्को हुँदै जानुमा विदेशी शक्तिको हात छ । विकास र समृद्धिका आधारशीला भनेकै भ्यु-टावर, प्रवेशद्वार र स्मृतिगृह हुन् । अलिक स्मार्ट…

शिवको ‘माया गर्नुको अर्थ’ सार्वजनिक

गीतकार शिव पलाँसको गीतिसङ्ग्रह 'माया गर्नुको अर्थ' सार्वजनिक भएको छ । जूम प्रविधिका माध्यममा आइतबार आयोजित 'अनेसास शब्द-सारथि' कार्यक्रममार्फत् कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा गीतकार डा. कृष्णहरि बराल र डा. ऋृषि बस्ताकोटीले गीतकार…

कविताः प्रवासी निधार

शिव पलाँस झोलामा हालेर एकथान टाउको अनि दुइटा पैताला प्रवास उडेको थिएँ उडिरहेकै छु अघिल्लो सालको जस्तै भो यो सालको दसैँ पनि पात्रोमा आयो हृदयमा आएन बाको हात नेपालमै छ यहाँ मैले कोसँग निधार थाप्नु ? आमाको…

शिव पलाँसको गीत

गरा गरा पसिनाका दाना रोपिदिन्छु जहाँ भेट्छु ढुङ्गो त्यहीँ देव खोपिदिन्छु पाखुरीमै बाँच्छु , हात थाप्न जान्दिन म नेपाली हुँ दुःखदेखि   भाग्न जान्दिन म मेरो आफ्नै माटो छ दस नङ्ग्रा खियाउन आफ्नै खोला , नदी छन् यो माटो भिजाउन…

शिव पलाँसको गीत

पीपलु ढाल्यो हुरीले आज वर किन छुटायो हे प्यारी तिमीलाई बैंसमै पापी दैवले उठायो कठै दैवले उठायो किरिया खाएँ एकसाथ बाँच्छु, मर्दछु भनेर सँगसँगै मर्न डर लाग्यो जिएँ म लाचार बनेर सकिन बाचा निभाउन मलाई माफ गरिदेऊ है चढाउँछु तिमीलाई म…

शिव पलाँसको गीत

देखिएको आँसु पनि झुटो हुन सक्छ शिकार गरिसकेपछि गोही रुन सक्छ आँखालाई विश्वास गर्दा ठक्कर पनि हुन्छ फूलको मुटु छामी हेर्दा पत्थर पनि हुन्छ आवरणले ज्ञान हुँदैन के छ किताबभित्र चित्र हेरी के बुझ्नु खोई मानिसको चरित्र शरण पर्छ, हात…