सुरज गिरीको गजल – शान्ति हुन्छ र आमा
बन्दुक गोली चलाएर शान्ति हुन्छ र आमा?
देशको सत्ता ढलाएर शान्ति हुन्छ र आमा?
बुद्धिमानी बेरोजगारी देशका युवाहरू ,
मरुभूमिमा गलाएर शान्ति हुन्छ र आमा?
एउटै देशको सयौँ झन्डा बनाएर यहाँ ,
राष्ट्रिय झन्डा जलाएर शान्ति हुन्छ र आमा?…