कविता- सायद
माथि आकाशमा बसेर
सूर्य महाराज
हरेक महिना सङ्क्रान्ति ल्याउँछन्
वायुमण्डलमा ओजनतह नभएको भए
शायद क्रान्ति ल्याउँदा हुन् ।
समयचक्रमा रमेर
वसन्त महाराज
हरेक वर्ष नयाँ पालुवाले
प्रकृतिको भित्तो सिँगार्छन्
ऋतु चक्रमा शिशिर नभएको भए…