शताब्दीको पुरुष
सूर्यको उज्यालोलाई छेकेर
एउटा बन्द कोठामा
मेरो लोग्ने भनौंदो
प्रवेश गर्छ म सुत्ने ओछ्यानमा
र, मुस्कुराउँछ छेउमा आइपुग्छ
शरीर मन आत्मासम्मको
कुरा गर्न थाल्छ
मेरो आलिंगनमा टाँसिन आउँछ
अनि एउटा मीठो चुम्बन दिन्छ
त्यसपछि औधी प्रेम…