छन्दकविता : महाकवि देवकोटाप्रति
मन्द्राकान्ता छन्द
खोजी हिँड्थ्यौ अवनितलमा विम्ब राम्रा मिलेका
लेखी रम्थ्यौ सरस कविता भाव उच्चा मिलेका
सोची बस्थ्यौ हृदयबिचमा शब्दका हार उन्दै
डुल्थ्यौ नित्यै भुवनभरिमा ज्ञानको सार बन्दै।।१
पक्षी जस्तो गगनतलमा उड़्न पुग्थ्यौ रमेर…