साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विस्मृत पानाहरू

महानन्द सापकोटा : देशभक्त कवि, भाषा उपासक, समाज सुधारक

इलामको एउटा गाँउमा जन्मेका महानन्द सापकोटा सानैमा साँवा अक्षर सिके तर विद्यालय गएर होइन ।  ८ वर्षको हुँदा हातमा ‘उदय लहरी’ ( सन् १८७७) पर्छ उनको । सायद यो पुस्तकका रूपमा उनको परिचय भएको पहिलो पुस्तक थियो । गोठालो जाँदा साथीहरूलाई यस्तो…

राधिका राया : नेपाली साहित्यले बिर्सिएको सशक्त नारी हस्ताक्षर

म सानै थिएँ, सायद विद्यालयमा नै पढ्थेँ होला । एक दिन एउटा पसलमा खाने कुरा पोको पार्दै गरेको देखेँ एउटा ठुलो पस्तकको ठेलीहरू च्यात्दै । चिनेकै पसले भएकाले मागेर हेरेँ । त्यो त ‘भारती’ पत्रिकाको चार पाँचवटा अङ्कहरू एकै ठाँउमा बाइन्डिङ्ग…

एम.एम. गुरुङ : बिर्सिएका संस्कृतिलाई मूलधारमा ल्याउने स्रष्टा

भारतीय नेपाली साहित्यमा कथालेखनको आधुनिकता रूपनारायण सिंहबाट सुरु भएपश्चात् ‘दोषी चस्मा’ कथासङ्ग्रहको प्रकाशनले नयाँ तरङ्ग ल्यायो नेपाली साहित्यमा । त्यसपछि इन्द्र सुन्दास, शिवकुमार राई, लैनसिंह बाङ्देल सशक्त रूपमा आए पनि कथासङ्ग्रह भने…

देवकुमारी थापाः सशक्त नारी हस्ताक्षर

भारत स्वतन्त्रता भएपछि सुरु भएको दार्जीलिङको साहित्यको दोस्रो चरणले पुराना साहित्यकारहरूलाई एकातिर निरन्तर सशक्त बनाउँदै लगे भने  अनेकन्  नयाँ प्रतिभावान् कथाकारहरू स्थापित हुनमा सहयोग गरे । पहिलो चरणमा ४ वटा जति कथासङ्ग्रह प्रकाशित…

इन्द्र सुन्दास : उपन्यासमा आञ्चलिकताको प्रयोक्ता

सायद त्यसबखत म कक्षा नौमा पढ्थे अनि मेरो नेपाली पाठ्यक्रममा ‘गाडीमान’ कथा पनि समावेश थियो । कथा निकै मार्मिक र यथार्थमा आधारित अनि लेखक थिए इन्द्र सुन्दास । यसबेला भर्खरै उनको उपन्यास ‘जुनली रेखा’ले भानुभक्त पुरस्कार पाएर निकै…

महानन्द पौड्याल: बिर्सिएकालाई सम्झने साहित्यकार

कहिलेकाहीँ एकै नाम भएका व्यक्ति साहित्यमा कलम चलाउँदा पाठकहरू दिग्भ्रमित हुनु स्वभाविक हो । म विद्यार्थी छँदा सधैँ भ्रमित हुन्थे एकै नामको दुई व्यक्ति लिएर । पाठ्यक्रममा नै थिए दुवैको कृति । महानन्द सापकोटाको कविता ‘मनलहरी’ र महानन्द…

रूपनारायण सिंहः आधुनिक नेपाली उपन्यासका जनक

रूपनारायण सिंहको जीवनशैली एउटा दन्त्य कथा भएको छ दार्जीलिङमा ।  उनको रहन-सहन, बोली-चाली, वकालति बहस, सुरा-सुन्दरी, अङ्ग्रेजी जीवनशैलीको मोह- यो सबैले पृथक् बनाएको छ रूपनारायण सिंहलाई अरूभन्दा । अङ्ग्रेजहरूसँग उठबस, बङ्गालीहरूसँग बहस,…

डिल्लीराम तिमसिना- अब्बल श्रेणीको साहित्य साधक

नेपाली साहित्य काठमाडौँ केन्द्रित भएको गुनासो समय समयमा नआएको होइन। कवि कृष्णभूषण बलले त कवितानै लेखे-‘काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन ‘। यो साङ्केतिक विरोध थियो । हुन पनि काठमाडौँ इतरका लेखक र कविहरू नेपाली साहित्यको मूल…

सूर्यविक्रम ज्ञवाली: इतिहासभित्रका साहित्यिक व्यक्तित्व

नेपाली साहित्यको विकासक्रममा नेपाली साहित्य सम्मेलनले जुन भूमिका खेल्यो त्यसको प्रतिफल मुख्यतय दार्जीलिङ र वरपरका क्षेत्रमा रहेका  बासिन्दाहरूले पाइरहेका छन् अहिले पनि । सन् १९२४ मा स्थापना भएको त्यो संस्थाले नेपाली साहित्यको उत्थानका…

शरद् छेत्रीः अप्रतिम साहित्य साधक

सन् सत्तरीको दशकमा दार्जीलिङको स्टेट बैङ्क दुई कुराले निकै चर्चामा थियो, साहित्य र रक्सी । उम्दा कवि र गीतकार नोर्देन रुम्बाको गीत र कविताले सबैको मन र मस्तिष्क छोएको थियो भने  शरद् छेत्री आख्यानकारका रूपमा सफल हुँदै गइराखेका थिए । …