कविता: मान्छे- एक भ्रम
एउटा उमेर
खेलौना बन्दुक समाएर रमाउन खोज्छ
अर्को एउटा उमेर
बन्दुकको ट्रिगर दबाएर कमाउन खोज्छ
उमेरको हाँगोमा सुरेली खेल्दै जाँदा
आँठो मिच्छ, घाँटी थिच्छ
प्रायश्चित गर्न लायक पाप पनि गर्छ
मन पलाएको बेला
मन्दिरलाई जग्गा दान गर्छ…