साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विष्णुप्रसाद आचार्य “अतृप्त”

लघुकथा : प्राथमिकता

सिरानटारमा भर्खरै चुनाव सकिएको थियो। विजयी पार्टीका नेता-कार्यकर्ताहरूको टाउकाबाट अबिरको रङ्ग पूरै पखालिन भ्याएकै थिएन। नवनिर्वाचित टिम सम्पूर्ण जोस खन्याएर केही नौलो सुरुवात गर्ने ध्याउन्नमा थियो। तसर्थ पूरै वडालाई ३ वटा क्लस्टरमा…

अतृप्तका दश हाइकु

१. मलामी तारा बादलको बुर्कामा मुसुक्क हाँस्छ । २. धानको बाला किसानको सपना असिना पानी । ३. झरी र हुरी सतिसालको वृक्ष जिन्दगी अरे ! ४. खिरैखिर छ सिउँडीको पातमा क्या स्वाद छ वा ! ५. हिउँको पानी थेग्नै नसकी रून्छ…

कविताः मूर्तिको मैमत्त्याँई

मान्छेले ढलोट पगालेर मूर्ति बनाउँछ पत्थर फोडेर पद्मासन सजाउँछ छेवैमा लुङ्दर फहराउँछ माने घुमाउँछ सुनपातीको धुप सुँघाएर जड मूर्तिमा देवत्व सवार गराउँछ मूर्तिले अरू केही गर्दैन…

लघुकथा – भिजिटिङ कार्ड

सामाजिक जीवन त ध्वस्तै थियो तर पेसागत जीवनमा भने ठूलै छलाङ मारेका थिए नुमप्रसादले । ३५ वर्षकै उमेर निजामती सेवाको उपसचिव पदमा उनी आसीन भइसकेका थिए । उनी नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका थिए । सधैँ मालदार अफिसमा…

अतृप्तका दुई छोटा कविता

१. कसुर -"मान्छे चिनियो नि त, भो छाडिदिऊँ!" यसो भन्दै उसका सयौं कसुर माफ गरिदिएँ जब कसुर हजार नाघ्यो अनायासै यसरी भाषा फेरिएछ -"नाङ्गै नाच्नेको सामु आँखा छोपेकै वेश भो, छाडिदिऊँ!" चाङमाथि चाङ कसुर थपिदै गएपछि एक दिन…

कविताः म कागती

सानो, तिख्खर र बास्नादार छु चिल्लो, कसिलो र रसिलो छु म कागती,सबैको प्यारो छु चिया पाक्यो कि म सम्झिइन्छु अचार साँध्यो कि म सम्झिइन्छु मेरा सहोदर सिट्रस गोत्रीय दाजुहरू-निबुवा र भोगटे अडकोपड्को काम त चलाउँछन्…

लघुकथा : बागी चन्द्रमा 

"नाम............ नगरपालिका अरे! थुइक्क !" ४० हिउँद काटेको स्यारोन शेर्पाले वडा कार्यालयमा झुन्ड्याइएको साइन बोर्डको अक्षर पढ्यो र  आधी  सल्किएको अवस्थामा ओठमा च्यापिएको  चुरोट भुईँमा फालेर देब्रे खुट्टाले किचिमिची पारिदियो ।…

अतृप्तका पाँच मुक्तक

विष्णुप्रसाद आचार्य "अतृप्त" १. जस्तो हुँदै होइन ठीक त्यस्तो देखिनु पर्ने हलुका भइनु पर्ने अनि सस्तो देखिनु पर्ने बोली,व्यवहार र संस्कार बनावटी देखाएर यो मान्छेको जातलाई नि कस्तो देखिनु पर्ने? २. जराका…

शीर्षक: धर्ती नबिर्सनू

विष्णुप्रसाद आचार्य "अतृप्त" चन्द्रमा टेक्दैमा धर्तीलाई नबिर्सनू जसरी आकाश छोए पनि हाँगाहरूले जराले जमिन छाडेको हुँदैन, जसरी उड्नु अघि गुड्नै पर्छ विमानले पनि, जसरी बेसी होचो भएकै कारण शिखरको उचाइ अग्लो देखिएको हो…