सन्दर्भ विश्व कविता दिवसः रङ उस्तै उस्तै
विष्णु सुबेदी
पृथ्वीको जुनै अक्षांश र देशान्तरमा
उही एउटै हुन्छ
दिनको उज्यालो र
उज्यालोको रङ ।
उही एउटै हुन्छ —
रातको सन्नाटा
र रातको रङ ।
यो भूगोलको कुनै पनि कुनामा
एकै तरिकाले
बग्छ नदी एकनास ।
उही ढंगले…