डुवर्समाथि श्रृङ्खला-कविता ३
आजको डुवर्स-३
घरि-घरि बल्न खोज्छ
झिपिक्-झिपिक् गर्दै
आगो !
खरानीले छोपिएको पनि
अब धेरै दिन भएछ ।
चिसोपानीको बारम्बार प्रहारले
भिजाउँन कहाँ सकिरहेको छ र ?
आगोभित्रको
जलिरहेको त्यो ज्यानलाई !
भतभती पोलेको
अनुहारको विज्ञापन…