कविता- शक्ति
ऊ हातभरि आगोका लप्काहरू खेलाइरहेछ
घरिघरि बन्दुक पनि तेर्स्याइरहेछ
कुनै सर्कसको जोकरजस्तो
उसको हिंस्रक अनुहारमा
जुगुप्सा परावर्तित भएको सोझै देखिन्छ
ऊ सोझो हिँड्ने गर्दैन र अरूलाई पनि त्यसै गर्न सिकाउँछ
ऊ बर्बराउँछ- जे पनि भनिदिन्छ…