अमानुषिकता, भ्रष्टाचार र अराजकता
मौलाएको यो देशमा,
कहाँबाट परिचालन गरुँ म
शासन-विधि र परोपकारिताको अस्मिता !
बेफिक्री सीमा अतिक्रमण र राजनीतिक कलहले
ग्रसित यो राष्ट्रमा,
कहाँबाट प्रतिरक्षित गरुँ म
राष्ट्र र राष्ट्रियताको…
अश्रु भएर नयनहरुबाट तिम्रो बग्न पनि सक्दिनँ
न त रक्तकोसिकाहरुबाट तिम्रो सन्चारित हुन सक्दछु, रगत भएर
धड्कन बनेर मुटुबाट तिम्रो धड्किन पनि सक्दिनँ
यद्यपि तिमी मेरो शरीरको अकाट्य अङ्ग भएको आँकलन गर्दछु।
सुगन्ध भएर श्वासभित्र तिम्रो…