अन्तरिक्षमा रुचि राख्ने पाठकहरूका लागि राेचक उपन्यास – मनकाे उडान
मलाई अहिलेसम्मका साँझहरूमध्ये सबैभन्दा प्रिय साँझहरू ती छन्, जुन साँझमा म बुवाको छातीमा टाउको राखेर उहाँका छातीका रौँ मुसार्दै आकाश हेर्न पाउथेँ । बार्दलीसामुन्ने रहेको पर्सिखातबाट आउने पर्सोको बास्ना र बुवाको काखबाट आइरहने पसिनाको…