साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विनोद नेपाल

विनयको सम्झना

त्यसो त जीवन भन्नु नै सिकाइ हो र मानिस सधै विद्यार्थी नै रहन्छ तर जीवनको लय फेरिन्छ । यस्तै भयो, २०४५ सालले जीवनको लय फेरिदियो । कारण हो, यसैवर्षको मध्यमा जागिरे जीवन प्रारम्भ भयो जसले औपचारिक शिक्षाको एउटा लामो यात्रा टुँगियो र जीवनले…

यात्रा र बिरालो

लामो प्रतीक्षापछि यसपटक २०७९ सालको प्रारम्भमै नेपालका प्रशिद्ध तिर्थस्थल मध्येको एक मुक्तिनाथ समेत हालसम्म नपुगेको जिल्ला मुस्ताङ पुग्ने साइत जुर्यो । सातजनाको टोली एउटा गाडी लिएर वैशाख ५ गतेका दिन बिहान काठमाडौँ खाल्डोबाट थानकोट हुँदै…

कविताः आधुनिक बुख्याँचा

उभिएको छ मुन्टो ठड्याएर हात फैलाएर ठिङ्ग तर भाग्दैनन् बरु रमाउँंदै नाच्छन् फुर्फुर उसकै सामु उफ्रिउफ्रि टिप्छन् चारा लथालिङ्ग पार्छन् बालिनाली आँगन भरी बनाउँछन् बिस्कुन अनि बिस्ट्याउँछन् उसकै टाउकोमा र भुर्र उडछन् चराहरू भने…

साथी थरीथरीका

शब्दकोशले भन्छ  'साथी’ भनेको एकसाथ रहने वा सँगै बसउठ गर्ने व्यक्ति, संगी हो । यसैगरी कुनै कामकुरामा साथदिने व्यक्ति,परिआएका बेलामा मद्दत गर्ने व्यक्ति, सहायक, सहयोगी र मद्दतगारलाई पनि साथी भनिन्छ । जीवनमा थरीथरी साथी भए । कोही…

लघुकथा : मतियार

‘अहँ, हुँदैन ’ ‘हुँदै हुँदैन ’ उसले उसको प्रस्ताव पटकपटक अस्वीकार गरिरह्यो । देखेर म आश्चर्यमा परें । ‘त्यस्तो मिल्ने साथी,के भयो,किन यसो गरिरहेको छ ? के कुरा मिलेन यिनीहरूको हँ ?’ – म सोचाइमा परें ।…

लघुकथा- कालो सूची

समाजमा उनको राम्रो इज्जत थियो । धनको, पदको वा ज्ञानको कुनै दम्भ थिएन । उनी सामाजिक काममा निस्वार्थ रुपमा खट्थे । समाजमा प्रिय थिए । नराम्रो काम नगरेकाले समाजमा उनको सम्मान र इज्जत थियो । सधैँ ठाडो शिर गरेर हिँड्ने उनी…

‘हल्लैहल्लाको देश’ सार्वजनिक

कवितासङग्रह ‘हल्लैहल्लाको देश’ लोकार्पण गरिएको छ । भूगोल साहित्य समाजद्वारा प्रकाशित विनोद नेपालको सो कृति भर्चुअल माध्यमद्वारा साउन २६ गते सार्वजनिक भएको हो । कृति सार्वजनिक गर्दै साहित्यकार किशोर पहाडीले नेपाली साहित्यमा लेखन र…

लघुकथा- अवसर

दिनमा तीन-चारवटा कार्यक्रम भ्याउने उनी त्यस दिन पनि खानपिन गर्नासाथै आसन जमाएर ल्यापटपसामु बसे । ‘निषेधाज्ञा पनि कसैका लागि त साह्रै फाइदाजनक पो हुँदो रहेछ’ उताबाट पत्नी बोलिन् । कुरा सुनेर उनको ध्यान पत्नीतर्फ गयो । ‘किन? कसरी ? के…

लघुकथा- असार पन्ध्र

"ए... कान्छी मेला जाने होइन?" छिमेकी जेठानीको आवाजले उनको ध्यान तान्यो । भनिन् "जान त जाने हो दिदी, तर यता भातभान्साको मेलोमेसो मिलाउन बाँकी नै छ, घरधन्दा पनि सक्नुपऱ्यो, यसो सघाइदिने कोही छैन ।" "ए ल, अलि छिटो गर है, मेलो सक्न ढिलो…

साहित्यमा नयाँ प्रयोग – छेस्का

कुनै समय यस्तो थियो जतिबेला छन्द बिनाका रचना कविता नै होइनन् भनिन्थ्यो । भन्नुको अर्थ, कविता पद्यमा मात्र लेखिन्छन्, गद्यमा लेखिंदैनन् र गद्यमा लेखिएका रचना कविता होइनन् भन्ने धारणा राखिन्थ्यो । तर समयक्रममा गद्यले यति व्यापकता पायो कि…