तिमी डराउनुपर्छ
तिमी कविसँग डराउनुपर्छ
किनकि कवि मान्छे हो।
तिमी कवितासँग डराउनुपर्छ
किनकि कविता मान्छेको आवाज हो।
कविको कवितामा जब
आदिवासी जङ्गलको
जैविक गन्ध आउन थाल्छ,
तिमी डराउनुपर्छ
उसको कवितामा जब
खडेरी लागेको भुइँले पनि
विद्रोहको गीत…