स्मार्ट पोयम्स शृंखला ३६
१. एउटा लास
(शेखर गिरी)
मेरो अगाडिबाट
एउटा अर्थी जान्छ,
अन्यौलमा पर्दछु
चारैतिर हेर्दछु,
को मरेछ आज ?
कसको लास रहेछ ?
नगिचै नियाल्छु
लासको मुहार उघारै रहेछ
मेरै अनुहार पो रहेछ
मेरै लास पो रहेछ !
हो, मेरै बितेका दिनहरूको !!…