लोकेन्द्र रेग्मीको गजल
जिन्दगीको परिभाषा के हो खोज्नेलाई सोध
मायाको ठोस अर्थ मृत्यु रोज्नेलाई सोध ll
भन्न त भन्यौ तिमीले साथ सधैँको हो भनेर
वास्तविकता नबुझेर हात छोड्नेलाई सोध ll
पहिलो कुराकानीमै मुटु माझ बसेका थियौ
विषको प्याला सँगै ईश्वर पुज्नेलाई सोध…