कविताः न्यायालय र यार्सागुम्बा
लक्ष्मीप्रसाद ढकाल
यार्सागुम्बाजस्तै
मेरो देशको न्यायालय
आधा बाँचेको आधा मरेको
अब त मर्यो भन्यो, बाँचिरहेको हुन्छ
अब त बाँच्यो भन्यो, मरिरहेको हुन्छ
यार्सागुम्बाजस्तै छ मेरो देशको न्यायालय !
रजहासलाई काग र कागलाई रजहास देख्छ…