कसोरी जाऊँ लौ अलि दिन म काशीतिर बसी; मिलाई चाँजो क्यै अनि पछि म जाँला घर फिरी
कवि छविलाल उपाध्याय र उनका कवितामा विचरण गर्नुपर्दा र लेखमा बारबार कविको नाम लिइरहनुपर्ने हुँदा उहाँका निम्ति एउटा अति सुन्दर र चिरिच्याट्ट परेको नाम जुर्छ कविछवि । यो नाम जुराएका हुन् नेपाली साहित्यका अति परिचित गोकुल सिन्हाज्यूले ।…