जब जब यो जगमा
भालेहरूकै दब दबा हुन्छ
तब तब सोच्ने गर्छन्
ती अभिमानी भालेहरू
हाम्रै डाकले ब्युँझन्छ यो जग
हाम्रै पखेटाका निम्ति न हो स्वतन्त्रता
हाम्रै निम्ति त हो यो ब्रहाण्ड
…
ठाउँ ठाउँमा फाटेका धर्तीका
ती ध्वजाहरूलाई नियाल्दै
जब जब म सोच्ने गर्छु
मेरी आमाको चिरिएको पैँतालो
साँच्चै कति थाक्यो होला
जिन्दगीका ती उकाली र ओराली झर्दा झर्दै
फेरि पनि मेरी आमाको मुस्कान त…
कोमल फूलका पत्रपत्रहरुमा
बारुदहरु भरेर निस्केकी थिइन् गुलाब
जादुगरको त्यो बगैँचाबाट
विशाल त्यो समुद्रमा
एउटा स्वतन्त्रताको गहिराई नाप्नलाई
डल्फिनहरुले भन्दै थिए होसियार
यहाँ सार्कका तिखा दाँतहरुले
शिकार गर्न सक्छन्
तिम्रो…
पाठक तथा कविहरूको उत्साहजनक सहभागिताका कारण पोस्टरकविता अभियान शृंखला २१ औँ अङ्कसम्म आइपुगेको छ । यति सशक्त सहभागिता, यति उत्साहजनक प्रतिक्रियाका लागि हामी कविजन तथा पाठकहरूप्रति हामी आभार प्रकट गर्न चाहन्छौँ र यसैगरी अनेकन् समयसम्म…
आद्रिएन मिसेलले भनेका छन्, “बहुसङ्ख्यक मान्छे बहुसङ्ख्यक कवितालाई बेवास्ता गर्छन् किनभने बहुसङ्ख्यक कविताले बहुसङ्ख्यक मान्छेलाई बेवास्ता गर्छन् ।”
प्रत्येक साता साहित्यपोस्टमा बिहिबारको दिन दस कविहरूको सुन्दर कविताहरूलाई हामी पस्कि…
आमा कत्ति जाति हुन्थ्यो नि
म बाहिर निस्कनु अगाडि
यदि मैले मेरो योनिलाई
तिम्रो हातमा सुम्पिन मिल्ने भए
सायद तिमीले तिम्रो पटुकीमा बाँधेर
बडो जतनले सम्हालेर राखिदिन्थ्यौ होला
मेरो त्यो योनिलाई
म नफर्केसम्म
तिमी पनि निश्चिन्त…
के थिए बाका ती सुस्केराहरुमा
जुन सुस्केराले कालो बादल बनेर
बाका आँखाहरु मडारिन्थ्यो
फेरि पनि किन बाका आँखाहरु
ती काला बादलहरुसँग मडारिएर
वर्षिन सक्दैनथ्यो साउने झरी बनेर
बाका मुटुहरुलाई ऐँठन हुँदा
किन बाका मुटुहरुले
ती ऐँठनहरुलाई…
श्रीमान् यो न्यायालयले दोषी करार गरेर
काटिएपछि मेरो नामको पत्र
उपस्थित भएकी छु म एकपल्ट आज फेरि
यो न्यायालयको कठघरामा
जलाइएर बाँकी रहेका
मेरा केही अस्थिपञ्जरहरूलाई साथैमा लिएर
फैसला सुनाउनुभन्दा अगाडि
बिर्सिनु भयो कि श्रीमान् ?…
सीता हुन् उनी
तर तिमीले सोचेको जस्तो
राजा जनककी छोरी हैनन्
उनी अर्थात् सीता दर्जी
सञ्जोग भनौँ या भाग्य
उनी रामकी श्रीमती
तर तिमीले पुज्ने भगवान् राम हैन
राम दर्जीकी श्रीमती
घरीघरी उनले नाप्ने
कपडाका ती इञ्चिटेपहरुले
यदि नाप्न…
को हो त्यो
जो युगौँदेखि बनाइरहेछ तिमीलाई बन्धक
को हो त्यो
जो बाँधिरहेछ युगौँदेखि तिम्रा पाउहरूमा जन्जीर
को हो त्यो
जो कैँची बोकेर युगौँदेखि चुपचाप काटिरहेछ तिम्रा पंखहरू
र, रोकिरहेछ तिम्रा उडानहरू ।
को हो त्यो
जो…