सँघारमा उभिएकी छौ तिमी
सँघारमा उभिएकी छौ तिमी
तिमीलाई स्वागत गरौँ कि बिदाइ
म आफैँ दोधारमा छु
गनिरहेको छु ती पलहरु
जसलाई तिम्रो आगमनले अनमोल बनाएको थियो
अनि बिर्सन खोजिरहेको छु
हाम्रा कयौँ मौन संवादहरु
जहाँ व्यक्त गरिएको थियो
वियोगका सुस्केराहरु !…