बेलुकीतिर धर्मशालामा खाना खाँदै थियौं, मणिपुर बस्ने अर्जुन गुरूजीका मित्र अनिलजी आउनुभयो; हौरी र कोरोनाले दुवै कारण इन्डियन इमिग्रेसन अफिस भोलिबाटै बन्द हुने र कहिले खुल्ने भन्ने टुङ्गो नभएको बताउनु भयो ।
दिनको उज्यालोमा पोखरा यति धेरै सुन्दर छ भनी मैले कल्पना पनि गरेकी थिइनँ । यो त सुन्दरताको पर्याय नै रहेछ । बनावटी सुन्दरताले आश्चर्य चकित मात्र बनाउँछ तर प्रकृतिले सजाएको सुन्दरता आँखालाई रिझाई रहन्छ, लोभ्याइरहन्छ ।
म जुन जुन ठाउँ गएँ, हरेक ठाउँमा केही न केही भावना र संवेदना सँगै आए । र भावुक भएँ । कतिपय ठाउँमा उत्सुक भएँ । तर यहाँ आएपछि यो मनोभावना दोहोरिएन । मात्र शान्त रह्यो मन, एकदम निश्चिन्त ।
हामी त के जान्नु ! देखासिकी न हो ! मैले भने नाचको अन्तिमसम्म पनि खुट्टा मिलाउन सकिनँ । थारू भाषाको अलिअलि बुझे नबुझे जस्तो गीत भए पनि गीत लय खुब आनन्दमय रहेछ ।
धनगढी । यहाँ आएर मेरो कलम टक्क अडिन्छ । धनगढीको अनुभवलाई कुनै पनि शब्द या नामले म अर्थ्याउन सक्तिनँ । यहाँको तीन दिने बसाइ मेरो निम्ति विशिष्ट बन्यो । जसलाई दाँज्न कुनै बिम्ब फेला पार्न सक्तिनँ । म जुन भाषामा सपना देख्छु, जुन भाषामा…
(चीनको वुहान सहर जुन बेला कोरोनाको कारणले लकडाउनमा थियो, त्यही बेला सुदूर पश्चिमाञ्चल साहित्य समाजले विश्व नेपाली साहित्य सम्मेलन गर्दै थियो । भविष्यमा आजको दिन आउँछ भन्ने कसैलाई कल्पनासम्म थिएन । साहित्य सम्मेलनमा आएका धेरै साहित्यकारहरु…