उछिट्टिएको आगो
अज्ञात ती भावनाहरु वर्षौँ लुकाएँ,
पर्खाइ र लुकाइको दौडमा,
ती सबै भावनालाई जमाएर चट्टान बनाए
अनि, तिमी.. तिमी
अहिले आएकी छ्यौ,
उछिट्टिएको आगो जसरी,
तर सेलाएकी
म त सम्हालिउँला,
तर,
अँगालोमा बाँधेर तिमीलाई सम्हाल्न त म कतै…