तपाइको राष्ट्रियता के हो मित्र ?
तपाईँको राष्ट्रियता के हो मित्र ?
म बुझ्दिनँ
राष्ट्रियता तपाइँको
मनैबाट आउनु पर्छ ।
राष्ट्रियता तपाईंको, नसा नसामा बग्नुपर्छ ।
अनि राष्ट्रियता तपाइँको
हरेक काम गराईमा देखिनु पर्छ ।
त्यसैले म बुझ्दिनँ
तपाईँको राष्ट्रियता के हो…