साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

राजु प्रधान “हिमांशु”

पर्यावरणीय कविताः खोला

१. अचेल खोलाले तिर्खाएर पानी खोज्छ पानी भने पोलिथिन पाइपभित्र खोलैखोला भएर बग्दै छ । खोलामा बगेको पानी खोलाले नपाउनु भनेको खोलामा नै सानो मरुभूमि बनिनु हो । “बर्खामात्र लागोस् न” भन्दै “लाखेस्”मात्र गर्न सक्छ तृषित खोलाले।…

नाटक :  मूल्याङ्कन

दृश्य    :      कुनै एक निर्जन स्थान । समय   :      जुनै पनि । सङ्गीत :      तनावपूर्ण । {शाहजहाँ भित्रिन्छ हातमा तरबार लिएर अनि} शाहजहाँ :      (क्रोधित स्वरमा) एइ  इतिहास ! भन् तँ कहाँ छस् ? कहाँ लुकिस् एइ इतिहास ? मेरो…

कथा : धुम्मिएको आकाश

“रुनलाई अडिसिन मायालु काँध चाहिएको बेला त्यो काँध नहुनु जतिको पीडा मायालु काँध गुमाउनेहरूलाई थाहा हुन्छ। मजाले रुनलाई पनि कसैको काँध चाहिन्छ । प्राइवेसीको शान्त र सुनसान काखमा बसेर त्यसरी रुनु पाउनु पनि अहोभाग्य नै हो। सबैले कहाँ पाउँछ…

मान्छेका मनका दुईवटा जमात छन्; एउटा कालो अर्को सेतो

प्रारम्भ पृष्ठभूमिबाट उदघोषण हुन्छ यसरी - एक दिन कालो र सेतो रङ माझ झगडा  र मतभेद भएको खबर फैलियो । सेतो थियो चुपचाप । हल्ला र स्वर भने कालोकै व्याप्त थियो चारैतिर । सेतो मिल्न चाहन्थ्यो । कालोकै भूल देखिएपछि कालो हल्ला गर्दै…

नाटक : अवसान

मञ्च कालो छ । मध्य मञ्चमा उभिएकी छे सेतो वस्त्र धारण गरेकी एउटी पात्रा। केही अर्धसिल्ली जस्तै तर विद्वत् जमातकै अंश उनी । प्रकाशपुञ्ज उसको अनुहारमा पुग्छ ।उसको अनुहार नै छैन । पात्रा(स्वागत)  -  मलाई जेसुकै सम्झ । पगली सम्झ कि अर्धसिल्ली…

कविताः सहरमा भने हर्षोल्लास छ महोत्सवको

हरियो सुन खानीमा उत्सवको घाम लागेको छ एक्कासि हरियो सुन खानीमा काम गर्ने माइलीको आङमा भने घाम लाग्यो कि लागेन अहँ थाहा छैन । हरियो श्याम्पेनको सहरमा रमाइलोपन छाएको छ बेस्सरी हरियो श्याम्पेन बनाउने माइलाको मन भने रमायो कि रमाएन…

कथाः हिँड्ने क्रममा

“तपाईंको समाजवाद माथिको त्यो विचार घतपर्दो छ,” मैले भनेँ। उनको गम्भीर अनुहारमा विचारको पसिना चिटचिट आएको मैले देखेँ। “समाजवाद, मलाई धेरैले त्यो विचारको लागि तारिफ गरे। किन ? अचम्म लाग्छ।” उनले बिजुलीको खम्बातिर हेर्दै भनेँ।…

परिवारको कथा: मनमुटाव

एक सप्ताहपछि, तीन दिनको छुट्टी लिएर गएको ऊ पाँच दिन हुँदा पनि अफिस आएन । फोन गर्दा पनि लागेन । के भयो ? किन आएन ? यी प्रश्न सबै सहकर्मीहरूका मुखमा झुण्डिएका थिए ।

भूताहा बुक हाउस

त्यो शहरको तीन तले बिल्डिङको तेस्रो तलामा एउटा पुस्तक पसल उसले देखेको धेरै वर्ष अघिको कुरो हो । त्यहाँ धेरै प्रकारका पुस्तकहरू उसले देखेको र सात वटा पुस्तक किनेको पनि थियो । त्यही पसलको नाम हो न्यु बुक्स हाउस । उसलाई अझ पनि राम्ररी थाहा छ,…

मनोविज्ञानमा आधारित कथाः विपरीतता

साँझको छ बजेपछि त्यो मोबाइल फोनमा भक्कु बात मार्छ । सोध्दा भन्छ त्यसले—“घरमा के कस्तो छ भनी सोधेको।” त्यसको नाम हो राम । म बसेको होटेलमा काम गर्छ त्यो। मेरो कोठा भएको तलामा नै त्यसको ड्यूटी पर्छ । मलाई साह्रै याद गर्छ त्यसले । म…