साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

रवीन्द्र केसी

कविताः समानता समभाव र समन्याय सुनिश्चित हुनु पर्छ

बृद्ध बाआमालाई घरबारी निखन्ने आश देखाएर कोपिलाहरुमा वसन्तको रहर भरेर प्रियाको आँसुलाई उधारो खुसीले पुछ्दै सुखद भविश्य खोज्न म होमिएको तिम्रो यो भव्य सहर लाग्थ्यो याहँ सबै कुरा छ आश्रय आधार र आत्मियता छ सपना संघर्ष र सफलता पनि छ…

कविताः हो, अबको संसार यस्तो होस् !

कहीँ यस्तो नहोस् कि तिम्रा खुसीका बिहानीहरू जीवनमा कहिले आउन नपाऊन् अनि मेरो रहरका फूलहरू कहिल्यै फुल्न नसकून् । कहीँ यस्तो नहोस् शाश्वत रङहरूमा सजिन नपाऊन् सपनाहरू स्वप्निल क्षितिजमा हाँस्नै नपाऊन् मनका चाहनाहरू यस्तो…

कविताः संवेदनाहीन आवाज

झरेका सपना र उदास मनले म आफ्नो भोगाईको क्षितिजबाट बाँचेको जीवनलाई फर्केर हेर्छु फरक लाग्दैन मलाई जीवन र बादलका टुक्राहरूमा उस्तै अस्थिर र गन्तव्यहीन ! घरिघरि छचल्केर विगत पोखिन्छ वर्तमानमा र फेरि शून्य…

कविताः आउ हामी एउटा महान कथा लेखौँ !

स्वार्थले उजाडेका मनका अँध्यारा बस्तीहरू झलमल्ल हुने गरी, आऊ हामी दिव्य चेतनाले एउटा महान् कथा लेखौँ । भोक, रोग र गरिबीले उजाडिएका सिउँदोहरूका विवश कथा लेखौँ लाचार बुढेसकालका सहाराविहीन वृद्ध कथा लेखौँ कलिला मनका सपनाहरूको…

प्रेमिल कथाः मारिया र क्यारेबियन सागरका लहरहरू

अस्पतालबाट डिस्चार्ज भएर केही दिनदेखि कोठामै आराम गरिरहेको छु । अचेल दिनहरू सधैँ एकतमासको विरक्ति लिएर आउँछन् र मनमा नमिठो शून्यता छोडेर जान्छन् । म भोलिका सुखद् दिनहरूको कल्पनामा यही सानो कोठामा जीवनको एउटा निर्मम कालखण्ड व्यहोरिरहेको…

कथा : लिभिङ टुगेदर

आज यो महाभारत पहाड मलिनो छ ! हल्का कालो बादलको मजेत्रो ओडेको यो पर्वत मजस्तै थकित, उदास र हतास देखिन्छ ! म सोच्छु त्यति फरक छैनन् हाम्रा कथाहरूमा - विक्षिप्त सपनाहरूका, घात र प्रतिघातका अनि धोका र तिरस्कारका ! अचेल मैजस्तो लाग्छ…

कथा- वेदनाका लहरहरू

आज नरेश हिँडेको पनि पाँच दिन भएछ । सँगै बाटो काटेको बटुवाले जति पनि औपचारिकता निभाएन निष्ठुरीले ! कम से कम जान्छु त भन्नुपर्थ्यो ! त्यतिसम्म पनि नभनी हिँड्यो ! बाहिर टन्टलापुर घाम चर्किएको छ । हावा जोड-जोडले चलिरहेको छ ।…

कविता- सगरमाथा भन्दा अग्ला

ती तिम्रा दम्भ र अहंकारहरू, हेर त आज कहाँ छन् ? भ्रमको पर्दा खुलेर, आज सत्य अनावृत्त भएको छ, आहा कति सुन्दर सत्य ! तिम्रा ईश्वरीय भ्रमहरू टुटेका छन्, मेरो लाचारी अलिकति हाँसेको छ , तिमी बुद्धबाट आज मान्छे भएका छौ, हाम्रा…

किन ?

अचेल किन गुन्जिदैनन् ती मधुर आवाजहरु निष्पट्ट रातको शून्यतामा, कोइलीको सुमधुर आवाजझैँ सपनाको एउटा युगमा सधैँसधैँ, गुञ्जिन्छन् तिम्रा मधुर आवाजहरु, अनि म त्यसैको माधुर्यमा मदहोस हुँदै, बिर्सेर यथार्थका कोलाहलहरु ! नाघेर खुशीका…

जिन्दगी

धरतीको उज्यालोमा पाइला टेक्दै गर्दा आउँदै जान्छन् धेरै खुट्किला ताते ताते गर्दै खुट्किला चढ्नुछ । आउँछन चढ्न नसक्ने पहराहरू छिचोल्नु पर्छ डोरीमा झुण्डिएर पनि अनेकौं सङ्घर्ष का बाबजुद पार गर्नुछ कहिले खहरेको गड्गडाउँदो भेलसँग…