साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

रविन थपलिया (क्यानडा)

कविताः ठूली र मन

ठूली तिमीलाई छोडेदेखि चैन छैन मनमा मेरा दाँत देखेर तस्बिरमा खुसी नठान है ठूली कहिलेकाही तामसीमा मच्चिएर नाचियो होला कहिलेकाही राजसीमा रौसिएर हाँसियो होला कहिलेकाही लहलहैमा हौसिएर गाइयो होला तर साँच्चै ठूली आँखा ओभाएको क्षण…

गीत

सुख खोज्दै देश छोड्नेहरु, सुख पायौ कि पाएनौ शान्ति खोज्दै घर छोड्नेहरु, बुद्ध पायौ कि पाएनौ ? सुख हो मृगतृष्णा मनको मिल्दैन खोजी कतै फल्दैन शान्ति बनका रुखमा पाइदैन जताततै धन खोज्दै मन छोड्नेहरु धन पायौ कि पायनौ शान्ति खोज्दै घर…

कविताः सत्य परीक्षा

१) सत्य खोज्छु भन्दै फेरि आमाको गर्भमा छिर्नु पर्दैन महाशय यदि आमाको नयनमा सिधा हेर्न सक्छौ र त्यसरी हेर्दा तिम्रो प्रतिविम्ब आमाको आँसुमा छचल्किन्न आँखाको नानीमा स्थीर देखिन्छ भने तिमी सत्य छौ तिम्रो बाटो सत्य छ भीडले…

कृति भाउजूको पिरती

कृति भाउजू पार्टीमा निकै ढिला आइपुग्नु भयो। ढिला आए पनि उहाँको रवाफमा भने कुनै कमी थिएन । ढिलो आएकोमा उनको अनुहारमा अलिकति पनि असजिलोपन झल्किएको थिएन । "घर व्यवसाय सबै थोक भ्याएर विदेशको ठाउँमा नेपाली समाजको सेवा गर्न सजिलो छैन, बाबू…

गीत

पिउँछेउ पानी कुन मुलको नुवाउँछेउ कुन खोली मान्छे राम्री मन झन सफा कर्णप्रीय बोली। तिर्खाएको यात्री हूँ म के छ प्यास मेट्ने कुन हावामा बग्छेउ तिमी कसो गरि भेट्ने खान्छेउ खाना कुन थालीमा नुहाउने कुन खोली मान्छे राम्री मन झन सफा…

लघुकथा : बालिका जोगाऔँ

हिउँदभरि पारिपाखामा गाईबाख्रा छोडिदिनु र झिकुखोलाको पानीमा पौडेर दिन बिताउनु हाम्रो दैनिकी थियो, स्कुल पढ्दाको समयमा । शहरमा बसेर पढ्नेहरू  पनि मिनपचास बिदा भयो भन्दै गडेरे बेसी आउँथे । गडेरेबेसीमा जम्मा चौध पन्द्र घर भए पनि, हामी एउटै…

रविन थपलियाको गजल

ओठ टोकी लजाएर, मुस्काउनाले सधैं प्यारी सताएर, थकाएर, सुस्काउनाले सधैं प्यारी । उकाली कति ओराली कति, गाउँबेसी सँगसँगै रिसाएर, रिझाएर, मुस्काउनाले सधैं प्यारी। सुखको सुर्की दुखको प्याला, रित्याइयो कति कति मताएर,…