साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

योगेन पौडेल

कविताः धरती माता

धरतीले दिन्छिन् मात्र, केही माग्दिनन् तिरस्कार दिनुस् वा चोट ऐया भन्दिनन् हुर्काउँछिन्, बढाउँछिन् फलाउँछिन्, फुलाउँछिन् र फैलाउँछिन् मेरी आमा धरती हुन् आमा भन्छिन्, सानोमा रुख चढ्दा हात भाँच्यो, चिसोमा अझै हात दुख्छ कान्छा ?…

प्यारा प्यारा भ्रमहरू

धर्मशास्त्र भन्छ, जगत् मिथ्या हो । तिम्रा नातागोता, तिम्रो धनसम्पत्ति, तिमीले उपभोग गरेका बस्तु र सेवा-सुविधा, तिम्रा इन्द्रियहरूले यो जगतबाट प्राप्त गर्दै गरेको सुख वा दुख सबै मिथ्या हुन् । तिम्रो शरीर मिथ्या हो । हामी आफैँ र हाम्रो…

कविताः छाप

बचाई छापविहीन होस जस्तो लाग्छ, डुङ्गाले पानीमा पारेको छाप जस्तो पर पुगेपछि छाप हराओस् जस्तो लाग्छ। आशक्ति त्यति मात्रै होस् जस्तो लाग्छ, पैँतालाले बालुवामा पारेको छाप जति, एकैछिनको बतासले मेटिदिओस् जस्तो लाग्छ। प्रेम मधुर होस्…

गधा धुन सघाउ, कमरेड !

व्यङ्ग्यकार लक्ष्मण गाम्नागेको ‘कत्ति धुनु गधाहरुलाई ?’ भन्ने हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छ । यो सङ्ग्रहको नाम बडो रोचक किन छ भने यसले गधाहरु धुने काम गर्दागर्दा दिक्क लागेको भन्ने जनाउ त दिन्छ, तर धुने काममा हार खाएर गधा धुन…

गङ्गाजल

हाम्रा प्रभुको चित्त असल हाम्रा प्रभुको नियत असल असली दूधको कुण्ड पसेर नित्य नुहाउने प्रभु असल कमण्डलु लिई गङ्गाजलको स्वस्ती गर्दछौं हाम्रा प्रभुको बमबम भोले बमबम शङ्कर प्रभुले रक्षा गरेको चराचर । प्रभु पाउमा मन मुटु…