साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

मोहन सिंह साउद

कविताः गठबन्धन्

पूजीवादी वा साम्यवादी सिद्वान्त अङ्गीकार गर्छौ पार्टीका घोषणापत्रमा झुटा बाचा लेख्छौ जनतालाई कहिलै पूरा नगर्ने आश्वासन् बाँड्छौ चुनाव हार्ने डरले अपवित्र गठबन्धन् गर्छौ । घरी यो सँग मिल्छौ घरी ऊ सँग मिल्छौ कार्यकर्तालाई…

कविताः भ्यू टावर

गाउँ गाउँमा भ्यू टावर बनाऊ टुप्पोमा चढेर जनताका वस्तीहरू हेर्यो भने गरिबी अशिक्षा भोकमारी देखिन्छ कि कतै सकेसम्म टोल टोलमै भ्यू टावर बनाऊ वेरोजगार गरिबी हट्छ कि कतै पहाडको टुप्पोमा भ्यू टावर बनाऊ ग्रेटवालको रेकर्ड…

कविता- प्रिय फेसबुक

प्रिय फेसबुक, लाग्छ तिमी मेरै लागि जन्मिछौ, म तिम्रै लागि जन्मिछु, तिमीसँग मेरो भेट भएदेखि सामीप्य बढ्दै गयो, प्रेमको पारो चढ्दै गयो ! बेलुका नसुतुन्जेल तिमीसँगै रमाइरहन मन लाउने, बिहान उठ्नेबित्तिकै तिम्रै मुहार हेर्न मन लाउने,…

कविताः किसानको पिसान

वर्षैभरि खेतबारीमा जोतिनुछ मानो रोपी मुरी फलाउने सपना बोकी अहोरात्र खटेर आफू बाँच्नुछ बचाउनुछ परोपकारी अन्नदाता बनी कहिले आकासे पानी कुर्नुछ कहिले कुलाको पालो पर्खिनुछ सिंचाइ गरी खेती लगाउन कहिले बिउमल नपाउने पिर कहिले…

कविता- ऊ राष्ट्रवादी रे !

ऊ विदेशी शैली अपनाउँछ विदेशी गीतमा आनन्द लिन चाहन्छ अङ्ग्रेजी हिन्दी फिल्म हेर्न रुचाउँछ पिजा हिस्कीको स्वाद मन पराउँछ विदेशी उत्पादनमा मात्र गुणस्तर देख्छ डलर पाउन्डालाई मात्र पैसा ठान्छ जिन्स टिसर्टलाई मात्र लुगा मान्छ टाइसुट…

कविता- आचरण

खोज्छन् सबै सुख सुख भनी त्यो सुख कहाँ छ हेर वर्तमानमै खुसी भई जिउने समय फाल्छौ किन खेर त्याग रिस, राग, द्वेष, ईर्ष्या अनि घमण्डी हुने प्रवृत्ति गर सहयोग मनमा पाप नबोकी लिएर निःस्वार्थ नीति । मरेर लानु केही छैन व्यर्थ गर्दछौ…

कविता- के को बधाई दिउँ ?

फेसबुकमा जताततै बधाई देख्छु अबिर सिन्दुरको गाईजात्रा देख्छु गाली प्रत्यारोपको ओइरो देख्छु आफैँले गरेको मात्र ठीक भन्ने रोइलो देख्छु । बधाई दिनेको कमी छैन यहाँ बधाई लिनेको नि कमी छैन यहाँ कित्ताकाटमा उभिनेको कमी छैन यहाँ आफ्नै…

कविता- अवगुणी अनागरिक म

हल्लैहल्लाको देश भ्रमको खेती गर्नेहरू संगठित अफवाह फैलाउँदै फिल्डमा उत्रनेहरू आपराधिक मगजे मनस्थिति अस्थिर समाज बनाउन तल्लिन हावामा हमला बोलेर फाइदा लिन तल्लिन समाजको नागरिक हुँ म । कसैको स्वार्थमा गोटीझैँ चल्न सक्ने…

कविता- म के गरुँ ?

म सुझाव दिन्छु, तिमी गाली सम्झिन्छौ त म के गरुँ ? म भलो चिताउँछु, तिमी दुष्टता सोच्छौ त म के गरुँ ? म प्रशंसा गर्छु, तिमी खिल्ली उडाको मान्छौ त म के गरुँ ? म ब्यङ्गय गर्छु, तिमी सोझो अर्थमा बुझ्छौ त म के गरुँ ? म सिकौं भन्छु,…

कविता- म त एक मास्टर पो हुँ त

मलाई सहरमा महल बनाउनु छैन मलाई बैङ्कमा पैसा थुपार्नु छैन मलाई कारमा सयल गर्नु छैन मलाई आलिसान जीवन जिउनु छैन मलाई भ्रष्टाचार गरी कमाउनु छैन मलाई विलासी भई रमाउनु छैन मलाई कमिसनमा आँखा गाड्नु छैन मलाई तस्करी चक्करमा फस्नु छैन…