साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

मीनकुमार नवोदित

कविताःबाको झोला

एउटा पुरानो झोला थियो बाको जसलाई छाड्नु हुन्नथ्यो कहिल्यै ससुराली मामाघर छरछिमेक भोजभतेर मेलापात या हाटबजार जहाँ–जहाँ जाँदा पनि भिरिरहनुहुन्थ्यो सायद हजुरबाले अंशमा दिएको हुनुपर्छ । सिरानीमुनि राखेर मस्तले सुत्नुहुन्थ्यो…

स्वादिला कविताहरूको सङ्ग्रह – समयको बयान

उँधो मुन्टो लगाएर सुतेको चमेराले सोच्दो हो मान्छे किन टाउकाले टेकेर हिँडिरहेछ अनि अझै सोच्दो हो समय उल्टो हिँडिरहेछ कि मान्छे ? (पृष्ठ १०४: दुविधा ) यो सुन्दर कविताका कवि हुन् मीनकुमार नवोदित र मैले यो कवितांश साभार गरेको हुँ उनको…

वरिष्ठ कवि तीर्थ श्रेष्ठका कवितालाई विराटनगरमा ‘वान्समोर’

साहित्यपोस्ट संवाददाता/विराटनगर कविता भन्नेबित्तिकै कम पढिने र सुनिने विधाका रूपमा आममानिसले बुझ्ने गरेका छन् । अझ कविगोष्ठीमा दर्शक र स्रोताको बाक्लो उपस्थिति जुटाउन निकै गाह्रो पर्छ । उपस्थिति भए पनि कतिखेर कार्यक्रम सकिन्छ भन्ने…

युवा वर्ष मोती पुरस्कार विजेता नवोदितलाई झोराहाटको सम्मान

झोराहाट नाट्य समूहले कवि एवं पत्रकार मीनकुमार नवोदितलाई सम्मान गरेको छ । हालै नेपाल सरकारबाट युवा वर्ष मोती पुरस्कार प्राप्त गरेका नवोदितलाई बधाईसहित नाट्य समूहले सम्मान गरेको हो । काठमाडौंभन्दा बाहिर बसेर निरन्तर रुपमा कलम चलाइरहेका…

नवोदितको ‘समयको बयान’ कविता संग्रह विमोचित

युवाकवि मीनकुमार नवोदितको ‘समयको बयान’ कविता संग्रहको विमोचन गरिएको छ । नेपाल साहित्यिक पत्रकार संघले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवसले कविता संग्रहको विमोचन गर्नुभयो । कविता संग्रहका…

कविता- बा’को कफिनछेउ अबोध बालकको बिलौना

उठ्नुस् न बा उठ्नुस् झोलामा मकै–भटमास बोकेर लिन आएको छु हजुरलाई । कफिन तोडेर उठ्नुस् न आमा र दिदी पनि उभिएका छन् छेवैमा । मलाई केही दिनु पर्दैन हजुरले ल्याइदिन्छु भनेको चकलेट, पिलपिले घडी र खेलौना साहूलाई नै फर्कादिउँला ।…

कविता – भविष्यवाणी

यसरी परिवर्तन हुनेछ समय घरभित्रै बस्नेछन् सबै मानिस सब काम गर्नेछ रोबोटले फटाफट युट्युब, फेसबुक, भाइबर र ट्विटरमा व्यस्त हुनेछन् मान्छे घरभित्रै । पृथ्वी यसरी तातिनेछ कि आगाको भुङ्ग्रामै बसेझैँ हुनेछ एसी जडान हुनेछ हरेकको…

कविताः जून र आमा

आकाशमा जून टल्कँदा म मेरी आमालाई सम्झन्छु आमाको निधारको टीका आमाको चौबन्दी चोली र सम्झन्छु फाट्नै लागेको पटुकी । आँगनको डिलमा उभिएर आमा आकाशमा टहटह टल्किएको जून देखाउनुहुन्थ्यो पारि मूलडाँडामा– राँको बालेर उकालो उक्लँदै गरेका…