साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मित्र ‘उराठी’ गौतम

मित्र `उराठी´ गौतमको लघुकथाः प्रतिबद्धता

गैराचोरको मैदानमा भलिबल खेल रोकियो । गाउँका ठिटाहरू प्रायः हरेक साँझ यही मैदानमा जुटेर भलिबल खेल्थे । गाउँका वृद्धावृद्धहरू पनि गैराचौरको चौतारीमा जुटेर भलाकुसारी गर्थे । साँझ हुने भलिबल खेल हेरेर रमाउँथे । गाउँमा कोदो काट्ने,…

मित्र ‘उराठी’ गौतमकाे लघुकथा : सत्यवादी फुपू

आज मङ्सिर ४ गते । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि जनप्रतिनिधि चुन्ने दिन । मतदानको लागि मतदान केन्द्रतर्फ जाँदै थिएँ । साइँली फुपू पिँढीमा घाम तापेर बसेको देखेँ । फुपूलाई ढोगेर जाऊँ भनी उहाँको घरमा छिरेँ। "कति छिट्टै…

मित्र ‘उराठी’ गौतमकाे लघुकथा : बुद्धिमान् बालक

ज्याला मजदुरी गर्ने उनीहरुको छोरो प्रवीणलाई उनीहरुले विद्यालय भर्ना गरिदिए । अरु कतिपय बालबालिका विद्यालय जान नमानेर रोइकराइ गर्थे तर प्रवीण भने खुरुखुरु विद्यालय जान थाल्यो । बरु विदाको दिन पनि विद्यालय जान खोज्थ्यो किनकी विद्यालयले…

मित्र ‘उराठी’काे लघुकथा : शैक्षिक सुधार

"सर यसरी त भएन नि । विद्यार्थीको परीक्षा आइसक्यो । कोरोनाको कारण विद्यालय बन्द हुँदा कोर्स धेरै बाँकी छ । विद्यार्थीले कसरी पास गर्छन् ? विद्यार्थीप्रतिको दायित्वबोध गर्नु पर्यो नि ।" - राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक…

कविताः म भकुण्डो

म भकुण्डो थिच मलाई मज्जाले थिच अझ दबेन भने जोडले बजार तर जति जोडले बजार्छौ उति माथि उफ्रन्छु प्राकृतिक नियम हो जसलाई न्यूटनले चालको नियम भनिदिए क्रिया भएपछि प्रतिकृया त भई नै हाल्छ। घरी लात्तिले दायाँ हान्छौ घरी बायाँ…

लघुकथा : शिवजीको प्रशन्नता

                           मेरो भिसा लागेपछि उनको सपना पनि पुरा भयो।म कतार पुगेर केही कमाउन शुरु गरेपछि पूर्व योजना अनुरूप छोराछोरी पढाउन उनी सहर पसिन्।कमाइको केही हिस्सा घरमा आमावुवालाई र अधिक हिस्सा उनलाई पठाउने गरेको थिएँ।…

गजलः के हो यस्तो चाल 

कहिले सम्म चल्ने होला यस्तो संकटकाल हजुर त्राहीमाममै कति बस्नु के हो यस्तो चाल हजुर साँढेहरु जुध्दै गर्छन् हार जितको टुङ्गो छैन् । निमुखा ती बाच्छाहरु भोग्छन् महाकाल हजुर ।। आँत सुकेर बोल्नै छाडे घरमा लालाबालाहरु । हातमुख…

लघुकथा : बा चले बैकुण्ठ 

अन्तिम अवस्थाको चाल पाएजस्तै गरी भुवानन्द बाले अह्राए – 'अब मलाई तुलसी मठनिर सार ।' जुटेका सबै मिली बाजेलाई मठनिर सारे। पत्नी हरिमाया र छोराछोरीहरु वरिपरि बसेर रुन थाले। 'रुनु हुँदैन हरिमाया । तिमी नै रोयौ भने यी…

विकल्प

"रुद्री पूजा लगाउने विचार गरेको छु, लौ न बाबु कसरी व्यवस्था गर्ने होला ? सन्तान सबै विदेशतिरै रमाएका छन् । हामीलाई सहरमा यो सास्ती । बरु गाउँमै बस्न दिएको भए त छिमेकी, आफन्त, इष्टमित्र हुन्थे । यहाँ त को न को ?"– महेश्वर बाजेले…

गजल

गाउँको पल्लो छेउमा सानो सुन्तलीको गोठ थियो । उसका उदास आँखा भित्र वेदनाको बोट थियो । खुल्दुली भो कुरा बुझ्ने नजिक गई सोधी हेरेँ । खाटा बस्न नसकेको मनमा उसको चोट थियो । मुखिया र गाउँले मिली सन्ते सँग दिलाइदिए । विवाह पूर्व पेट…