दृष्टिविहीन साथीको मनोहर कथाः तेस्रो आँखा
यसपालि होइन, योभन्दा अघिल्लो छुट्टी जानु अघि नै एक दृष्टिविहीन भाइसँग परिचित भएँ म। त्यो पनि सामाजिक सञ्जालमार्फत।
भएको के थियो भने, तिनताका म दसैँमा घर जाने सुरमा थिएँ। हरेक परदेशी घर जाने दिन नजिकिदै गर्दा उसलाई दिनहरू लामा लाग्न थाल्छन्…