साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मनोजकुमार कँडेल

कविताः सत्ताको जात्रा

शहरमा नौँटकीवालहरुको बोलावाला छ सत्ताको जात्रा चलेको छ समृद्धि र विकास जुम्ल्याहा जन्माउने रे समाजवादी पाठो डोराएका छन् थुप्रै मनुवाहरु पछिपछि लामा लस्कर छन् पाठो अघिअघि नौटकीवाल झनै अघि देखिन्छन् । समाजवाद, साम्यवादको डम्फु…

कविताः राम्रो “म”

जब तिमी यो धर्तिमा पाउ राख्छौ तिम्रो आँखाले तिमी देखिदैनौ तिम्रो कानले तिमीलाई सुन्दैन अनि नाकले तिम्रो बास्ना लिँदैन तिम्रो शरीरले पनि तिमीलाई अनुभूत गर्दैन तिमी भोकै, नाङ्गै, निष्कलङ्क पदार्पण गरेका थियौ । थाहा छ तिमीलाई यी…

कविताः प्रिय, भो यो मनको कुरा नगर

तिम्रा ती लालीमय ओठ गाजलले लतपतिएको परेली मुस्कुराउँदै लाजले मुन्टो निहुराएर जब तिमी ओठ टोक्दै, पुलुक्क मतिर हेर्दै मेरो आत्मालाई बोलाउँदा राताम्य देखिने तिम्रो गाला चुमुचुमु लाग्ने यो मनले नै हो प्रिय, भो यो मनको कुरा नगर ।…

कविताः लाज नभएका ती “जोक्करहरु”

“जोक्करहरु” न हुन् तिनलाई के लाज, के शर्म ? तिनको काम नै हो जग हँसाउने जति हँसाउन सक्यो उति वाहवाही त्यति नै तिनका पछिपछि तिनका समर्थक समर्थकहरुका छिल्लिएको हाँसो ताल न सुरका बेमौसमी ताली । “जोक्करहरु” न हुन् तिनलाई के लाज, के…

त्यो दशैँ पो दशैँ

आँगनको डिलमा बसेर आँखा टट्टाउन्जेल पारि दगलीभिरबाट झरिहेकाहरुको लस्करमा आफ्नो बाबा, दाजु टाढाबाट नै चिन्न भाइबहिनीहरुसँग बाजी लगाउदा पो दशैँ आएजस्तो लाग्थ्यो । बाबाले मझेरी छेउमा बिसाएको कुम्लो फुकाउने प्रतीक्षामा छटपटिएर आमालाई…

त्यो बौलाहा डा.

कस्तो डा. परेछ कुन्नी ? न त पैसा कमाउने ध्यान न महल ठडाउने योजना न त माफियाले किन्न सके न सरकारले पेल्न सक्यो । “इमान्दार” कति बलवान् हुने रहेछ ! हेर्नुस्, त्यो बौलाहा डा. लाई । कस्तो बौलाहा डा. हो कुन्नी ? विकट गाउँ-गाउँमा…

त्यो जीर्ण पुर्ख्यौली घर

बुबाले भन्थे छोरा यति सजिलोलै ठडेको थिएन यो घर एक हप्ता लाग्थ्यो एक मानो घिउ बनाउन झिगाको बोसो निकालेर जम्मा गरे जस्तै हो एक माना घिउ बनाउनु मोहोर मानो घिउ थियो त्यो घिउभन्दा बढी त तेरी आमाको बोसो पग्लिएको छ भैँसी स्याहार्दा ।…

फेरिएको छ रे मेरो गाउँ

मेरो गाउँको शिरमाथि छहरे खोला असार मास बत्तिने सिगार्चे खोला यी दुवैको संगम प्यारो घट्टे खोला कुर्लिएको देखेँ मैले सम्हाल्ने को होला ? बालपनका साथीसँग घुम्दै गरेको ठूलीबेशी, अल्छी ढुङ्गा डुल्दै गरेको जन्मेँहुर्कें त्यहीँ सिकेँ…