आँसुको मूल्य
अञ्जुलीमा उठाएको पानीमा
तिम्रो आँखाबाट झरेका
दुई थोपा आँसुसँग तिमी बग्दैबग्दै
म हलचल नगर्ने पत्थरसँग ठोकिएर
तिमी पुन बग्दै बग्दै सागरमा पुग्यौ ।
तिमीले आँखाबाट मोतीका दाना
आँसु बनाएर खसाल्यौ
र
सूर्यको रापले सेक्न नसक्ने गरी…