कविताः कठै हामी जनता
चढ्यो बुई
पुग्यो माथि र हेर्यो भुइँ
हामी बुई चढाउनेलाई देख्यौं
झिनो
मसिनो
किरो
कमिलो
उसले आफूलाई नियाल्यो
देख्यो अजङ्गको ठूलो
आफैं आफूलाई ठान्यो
बलवान्
शक्तिवान्
उसले आफूलाई सिंह ठान्यो
हामीलाई गन्यो
स्याल
कुकुर…